Header Ads


लोकतान्त्रिक संगठनको अध्यक्षमा विडारी

हेटौंडा, २७ भदौ/पूर्वप्रहरीको छाता संगठन नेपाल पूर्व राष्टूसेवक लोकतान्त्रिक पार्टीले मकवानपुरमा संगठन विस्तार गरेको छ । 
सोमबार भएको संगठनको भेलाले अध्यक्षमा राधाकृष्ण विडारीलाई र उपाध्यक्षमा दीपक ढुंगेललाई चयन गरेको छ। केन्द्रीय महासचिव नारायण गिरीले पार्टीको आधिकारीक क्रण्डा तथा छाप मकवानपुरका नवनियुक्त अध्यक्ष विडारीलाई हस्तान्तरण गरेका थिए । संगठनमा बाँकी रहेका पदहरुलाई आगामी भेलामार्फत समेटेर लैजाने र संगठन विस्तार गाउ इकाईसम्म पु¥याउने लक्ष्य रहेको उनको भनाइ रहेको
थियो । पार्टीले देशभरि ५२ जिल्लाहरुमा जिल्ला कार्य समितिहरु चयन गरेर आÇनो कार्य संचालन गरिसकेको छ । कार्यक्रममा  पार्टीका केन्द्रीय सल्लाकार बसन्तराज कुवर, महासचिव नारायण गिरी  सचिव प्रलाद घिमिरेलगायतको आतिथ्यता रहेको थियो ।
Powered by Blogger.