Header Ads


मकवानपुरलाई लोडसेडिङ मूक्त गर्ने

हेटौंडा, ९ कात्तिक÷राप्रपा नेपालनिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन नेपाल हेटौंडा नगर कमिटीले विगतमा लोडसेडिङका सन्दर्भमा भएको सम्झौता विद्युत प्राधिकरणले उल्लंघन  गरेको भन्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको
छ । 
जिल्लालाई लोडसेडिङमुक्त गर्ने भन्दै जिल्ला प्रशासन कार्यालयको मध्यस्थतामा प्राधिकरण र सरोकारवालाहरुस“ग तत्कालिन अवस्थामा ४ घण्टा लोडसेडिङ कम गर्ने सम्झौता भएको तर हाल सो समयमा सम्झौता अनुसारको कार्य नभएको भन्दै संगठनले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र पेश गरेको हो । संगठनका नगर अध्यक्ष भृगु कार्कीद्धारा जारी विज्ञप्तिमा सम्झौता अनुसारका समय तालिका मिलाउन माग गरेको छ । 
साथै दिपावली, नेपाल संवत र छठ पर्वका समय लोडसेडिङ नगर्न तथा निमार्णाधिन तेस्रो जलविद्युत् परियोजना सम्पन्न पश्चात जिल्लालाई लोडसेििडङ मुक्त बनाउन पनि ज्ञापनपत्रमार्फत माग गरिएको छ । 
त्यसैगरी संगठनका नगर सभापति भृगु कार्की, केन्द्रीय उपाध्यक्ष दामोदर बाग्लेको प्रमुख आतिथ्यता तथा जिल्ला उपाध्यक्ष शुक्रराज प्रजाको आतिथ्यतामा मंगलबार बसेको बैठकले विगतमा संगठन र विद्युत प्राधिकरणविच भएको सम्झौता ४८ घण्टाभित्र कार्यान्वय गर्नुपर्ने, चाडपर्वका समय लोडसेडिङ मुक्त बनाईनुपर्ने तथा तेस्रो जलविद्युत आयोजना सम्पन्न पश्चात जिल्लालाई पूर्णरुपमा लोडसेडिङ मुक्त जिल्ला घोषणा गर्न माग उल्लेख गरिएको छ । 
Powered by Blogger.