चित्रेपानी वनको साधारणसभा
हेटौँडा, ६ कार्तिक/ हेटौडा–६ मा रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहको १७ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । समूहका अध्यक्ष सूर्यबहादुर घलानले प्रगति प्रतिवेदन र लेखा समितिका संयोजक भानुप्रताप विडारीले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारण सभामा समूहले गरेका सामुदायिक वन सम्बन्धित गतिविधीहरुको प्रचारप्रसार गराई समूहको गरिमालाई उच्च राख्न सहयोग पु¥याएको भन्देै सञ्चारकर्मी भीमसेन पौडेललाई कार्यक्रमकी प्रमुख अतिथि सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरकी अध्यक्ष पञ्चमाया स्याङतानले नगद पुरस्कार सहित सम्मानित गरेको थियो । यसैगरी हर्नामाडी ईलाका वन कार्यालयका सहायक वन अधिकृत राकेशप्रसाद चन्द्रवंशी, हेटौडा ईलाका वन कार्यालयका फरेष्टर यदुकुमार घिमिरेलाई पनि सम्मानित गरिएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष स्व. तन्नप्रसाद सापकोटा र पूर्व अध्यक्ष सेते छयुमीलाई मरणोपरान्त सम्मानित गरिएको थियो । यसैगरी पूर्व अध्यक्ष रामबहादुर पाख्रिन, बमबहादुर थिङ, दीपप्रसाद दाहाल र लालबहादुर घलानलाई समेत सम्मानित गरिएको थियो । कार्यक्रममा हेटौडा ईलाका वन कार्यालयका सहायक वन अधिकृत अरुणकुमार तिवारी, हर्नामाडी ईलाका वन कार्यालयका सहायक वन अधिकृत राकेशप्रसाद चन्द्रवंशी, हेटौडा ईलाका वन कार्यालयका फरेष्टर यदुकुमार घिमिरे, जरुङशक्ती सामुदायिक वनका अध्यक्ष कुमार सिंह खड्का, सञ्चारकर्मी भीमसेन पौडेल, समूहकी सचिव रजनी गौतम र उपभोक्ता भावना रिजाल लगायतको आतिथ्यता रहेको थियो ।

