साइकलिङ र वक्तृत्वकला प्रतियोगिता सम्पन्न
हेटौँडा, ८ कात्तिक/ जेसीआई हेटौँडाको आयोजनामा सोमबारबाट सुरु भएको जेसीज सप्ताह कार्यक्रम अन्तर्गत साइकलिङ च्यालेन्ज र अन्तरजेसीज वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
बढ्दो प्रदूूषणलाई न्यूनीकरण गर्ने उद्देश्यले हेटौँडाको बुद्धचोकबाट सुरु भएको ससाइकिलिङ प्रतियोगिता वनस्पति, पानतले, सिकरेनी हुँदै पुनःबुद्धचोकमा आएरप्रतियोगिता सम्पन्न भएको कार्यक्रम संयोजक पुष्पराज पुडासैनीले जानकारी दिए । २२ किलोमिटर दूरीको रुटमा भएको प्रतियोगितामा सहभागिता जनाएका ५० जनालाई मेडल पुरस्कार प्रदान गरिएको पुडासैनीको भनाइ रहेको छ । हेटौंडा जेसीजका अध्यक्ष धर्मराज बानियाँको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष माधव तिमल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यसैगरी सोमबारनै युवाको दायित्व आर्थिक समृद्धिको लागि राजनीतिक स्थायित्व विषयक अन्तरजेसीज वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा २२ जना जेसीजहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा शिवकुमार कार्की, दिपेश जोशी र उज्जवल बानियाँ क्रमश प्रथम, द्वितीय र तृतीय भएको मूल कार्यक्रम संयोजक विज्ञान रिमालले जानकारी दिए । प्रतियोगितामा प्रथम भएका कार्कीलाई आगामी वर्ष सदस्यता नवीकरण शूल्क फ्रि गराइने रिमालले बताए । प्रतियोगितामा प्रमुख निर्णायक मण्डलमा जेसीआइ सिनेटर राजेशमोहन प्रधान रहेका थिए भने निर्णायक सहयोगीमा कुशकुमार रिजाल, काव्यमणि अधिकारी र कृष्णबहादुर कार्की रहेको प्रतियोगिताको कार्यक्रम संयोजक लिसेन बस्नेतले जानकारी दिए ।

