Header Ads


केसीको समर्थनमा हेटौंडामा धर्ना

हेटौंडा,४ मंसिर/विभिन्न माग राखी अनसनमा रहेका डाक्टर गोविन्द केसीको समर्थनमा मकवानपुरका स्वास्थ्यकर्मीलगायले शनिबार हेटौंडाको वुद्धचोकमा धर्ना दिएका छन् । 
गोविन्द केसीको दशौं पटकको अनसनको छैठौं दिनसम्म पनि मागको विषयमा सम्बोधन नगरिएको भन्दै नेपाल समाजवादी स्वास्थ्यकर्मी संघको अगुवाईमा दवावमुलक धर्ना कार्यक्रमको आयोजना भएको हो ।
‘नेताको उपचार सरकारले जनताको कसले ?’, ‘स्वतस्फुर्त जुटौं, गोविन्द केसी बचाऔ’ं, ‘स्वास्थ्यमा हुने माफीयाकरण बन्द गर’, जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका स्वास्थ्यकर्मी, पत्रकारलगायत विभिन्न क्षेत्रका व्यक्तिको सहभागितामा करिब एक घन्टा धर्ना दिइएको थियो । डा केसीको जीवन रक्षाका लागि संघको अगुवाईमा आज आइतबारदेखि प्रत्येक दिन बुद्धचोकमा धर्नाको कार्यक्रम आयोजना गरिने स्वास्थ्यकर्मी संघका केन्द्रीय अध्यक्ष उत्सव चौलागाईले जानकारी दिए । 
धर्नामा हेटौंडा अस्पतालका डाक्टर राजु सेढाईं,अच्युत पौडेल, प्रविण पाठक, छतिवन स्वास्थ्य केन्द्रका प्रमुख राम विश्वास राय, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष गिरिजा अधिकारी, साहित्यकार यश लामा लगायतको सहभागिता रहेको थियो ।
Powered by Blogger.