Header Ads


गट ट्यालेण्टमा गायन तर्फ उत्कृष्ट ५ छनौट

हेटौंडा, ७ मंसिर/राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सवमा सञ्चालन भैरहेको हेटौंडा गट ट्यालेण्टमा गायन तर्फको उत्कृष्ट ५ जनाको छनौट भएको छ । कुमार सिन्तान, दीपेश श्रेष्ठ, सुबिन गोले तामाङ, सुसन शाह ठकुरी र स्वस्तिका ढकाल अन्तिम ५ मा पर्न सफल भएका छन् । उनीहरुको प्रश्तुती र निर्णायकको निर्णय तथा टिकट भोटिङको आधारमा बुधबार उत्कृष्ट ३ जनाको छनौट हुने हेटौंडा गट ट्यालेण्ट संयोजक विशाल घोषले जानकारी दिए । यस्तै नृत्य तर्फको उत्कृष्ट ५ जना बिहीबार छनौट हुनेछन् । 
प्रतिष्पर्धीले मङ्गलबार गरेको नृत्य, निर्णायकको निर्णय र टिकट भोटिङको आधारमा ५ जनाको छनौट हुने घोषले बताए । दुवै विधामा प्रथम, द्वितीय र तृतीय हुनेलाई आयोजकले नगदसहित प्रमाणपत्रको व्यवस्था गरेको छ भने गायन र नृत्यमा प्रथम हुन सफल दुईजना मध्येबाट एकजनालाई हेटौंडा गट ट्यालेण्टको उपाधीसहित नगद ३० हजार रुपियाँ र प्रमाणपत्र प्रदान गरिने छ । 
Powered by Blogger.