ऐन खारेजीको माग गर्दै ज्ञापनपत्र
हेटौंडा, १८ कात्तिक/नेपाल कारखाना श्रमिक संघले ऐन खारेजीको माग गर्दे देशभरी कै श्रम कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश गरेको छ ।
चितवन र मकवानपुरको लागि हेटौंडामा रहेको श्रम कार्यालयमा श्रमिक संघले ज्ञापन पत्र बुझाएको हो । नेपाल कारखाना श्रमिक संघका जिल्ला अध्यक्ष बीरेन्द्रकुमार लामाले श्रम कार्यालय हेटौंडाका प्रमुख श्यामकुमार श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन् ।
गत असोज १२ गते संसदबाट उद्योग कारखानामा मजदुरले बन्द हड्ताल गर्न नपाउने, सरकारी बिदामा उद्योग बन्द नहुने जस्ता निर्णय पारित भएको थियो । संसदबाट पारित उक्त निर्णय मजदुरहको हक अधिकार विपरित भएको भन्दै उक्त निर्णय बदर गर्न माग गरेको हो । व्यवस्थापिका संसदबाट भएको श्रमिक बिरोधी निर्णय तत्काल खारेज नगरे थप चरणबद्ध आन्दोलनमा जाने संघका अध्यक्ष लामाले चेतावनी दिए । असोज १२ गते पारित औद्योगिक व्यवसाय सम्बन्धि कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक २०७१ को दफा ४७ को उपदफा ६ र ७ को व्यवस्था प्रति असन्तुष्ट व्यक्त गर्दे श्रमिक संघले ज्ञापना पत्र पेश गरेको हो । नो वर्क नो पे तथा बन्द हड्तालको विषय विवादमा रहेको भन्दै समस्या समाधान भए चरणबद्ध आन्दोलन जाने संघले जानकारी दिएको हो । ट्रेड युनियन अधिकार अन्तर्गत रहेको संगठन गर्ने, सौदाबाजी गर्ने जस्ता अधिकारलाई कुण्ठित हुन नदिन ज्ञापन पध बुझाएको संघका केन्द्रिय उप महासचिव यम श्रेष्ठले बताए । ऐनको खारेजीको साथै संघले विरगंज चिनी कारखाना तथा कृषी औजार कारखाना रहेको स्थानलाई औद्योगिक क्षेत्रको रुपमा घोषण गर्न माग गरेको छ । कार्यक्रममा ट्रेड युनियन काँग्रेसका जिल्ला अध्यक्ष कुमार पौडेललगायत मजदुर नेताहरुको उपस्थिती थियो ।

