जात्राको तयारी पूरा
हेटौंडा, २७ मंसिर/आज मंगलबारबाट उत्तरी मकवानपुर थाहानगरपालिकाको ईन्द्रायणी चौरमा हुने इन्द्रायणी माईको ऐतिहासिक ३ वर्षे जात्राको तयारी पूरा पुगेको छ ।
मंगलबारबाट शुरु हुने जात्रा परम्परागत तरिकाबाट तयारी भईरहेको र लगभाग तयारी सकिएको ईन्द्राणी भगवती काला भैरव गुठी संरक्षण समितिका अध्यक्ष श्याम भक्त श्रेष्ठले बताए । जात्रा गर्न सजिलो भएको तर जात्राको लागि तयारी गरिएको रथ व्यवस्थापन गर्नको लागि वर्तमान समयमा युव परदेश जाने परम्परा बढेकोल अलि असहज हुने गरेको श्रेष्ठको भनाई छ । जात्राको विषयमा विभिन्न तथ्यहरुलाई आधार मानी लेख तयार भईरहेको छ ।
उक्त लेखको आधारमा साढे ३ सय वर्षदेखि ऐतिहासिक जात्रा सुरु भएको अनुमान गरिएको छ । ईन्द्राणी भगवती काला भैरव गुठी संरक्षण समितिबाट ४ वटा रथ गणेश, कुमारी, ईन्द्रायणि र भैरव लाई गाउँ परिक्रममा गराई माई भएको ठाउँ सम्म पु¥याउने गरिन्छ । त्यसैगरि भोली पल्ट विधिवत रुपमा पुजा आजा गरि माई प्रति आस्था राख्ने सम्पूर्ण भत्तजनहरुले दिनभरी नै पुजा आजा गर्न पाउने समितिले जनाएको छ ।

