बसामाडी जेसीजमा पाण्डे
हेटौंडा, २३ पुस/बसामाडी जेसीजको अध्यक्षमा अनिल पाण्डे चयन भएका छन् ।
शनिबार भएको जेसीजको १७ औं बार्षिक साधारणसभाबाट पाण्डेको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिती चयन भएको हो । जेसीजको कार्यकारिणी उपाध्यक्षमा गोकुल श्रेष्ठ र शम्भुप्रसाद पराजुली तथा उपाध्यक्षहरुमा विवेक बजगाईं, राजकिशोर चौलागाईं, दिपेश श्रेष्ठ र हरि ढकाल चयन भएका छन् । बसामाडी जेसीज बर्ष सन् २०१६ का अध्यक्ष सुनिलकुमार दाहालको अध्यक्षता एवम् हेटौंडा जेसीजका पूर्व अध्यक्ष एवम् बसामाडी जेसीजका प्रमुख सल्लाहकार अशोक शाक्यको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो ।
साधारणसभामा नेपाल जेसीज बर्ष २०१७ का उपाध्यक्ष शोभा खरेल, बसामाडी जेसीजका पूर्व अध्यक्षहरु अभय श्रेष्ठ, राजकुमार जोशी, बबिन लिगल, ईश्वर मैनालीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

