कोरेक्ससहित एकजना पक्राउ
हेटौंडा, १३ माघ/मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।
हेटौंडा–१७ रातोमाटेस्थित प्रहरी चेकपोष्टमा वीरगञ्जबाट हटौंडातर्फ आउँदै गरेको ना.२ प. ८७३ नम्बरको मोटरसाईकल चेकिङको क्रममा हेटौंडा–१ राप्तीरोडका अन्दाजी ४० बर्षका दीपक श्रेष्ठ पक्राउ परेका हुन् । विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले मोटरसाइकलमा आएका श्रेष्ठको साथबाट २५ बोत्तल कोरेक्स फेला पारेको हो । श्रेष्ठले बिस्कुटको प्याकेट भित्र लुकाई ल्याएको लागूऔषध कोरेक्स फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।
उनलाई प्रहरी कार्यालयमा राखी आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया अघि बढाइएको गौतमले जानकारी दिए ।

