ज्ञानशालाको शाखा अब हेटौंडामा
हेटौंडा, २७ माघ/हेटौंडामा हनुमानतन्त्र शिवशक्ति साधना तथा रिसर्च सेन्टर ज्ञानशालाको शाखा स्थापना भएको छ ।
बिहीबार एक कार्यक्रमका बीच हेटौंडा–४ हुप्रचौरमा ज्ञानशालाको उद्घाटन गरिएको हो । दक्षिण एसियाली ज्योतिष महासंघका अध्यक्ष डा.लोकराज पौडेलले कार्यालय उद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथी पौडेलले नेपालको हिन्दू धर्म अहिले विदेशी डलरमा बिक्री भइरहेको बताए । पुस २७ गते राज्यले एकता दिवसको अवसरमा सार्वजनिक बिदा घोषणा नगरी विदेशबाट भित्रिएको क्रिष्टमस डे को अवसरमा सार्वजनिक बिदा दिन थालेको बताउँदै पौडेलले नेपालको नेताहरु पनि बिदेशी भाउमा बिक्न थालेको आंैल्याए । काठमाडौँमा प्रधान कार्यालय रहेको सेन्टरले हेटौंडामा पहिलो पटक शाखा विस्तार गरेको हनुमानतन्त्र शिवशक्ति साधना तथा रिसर्च सेन्टरका अध्यक्ष मिलनकुमार थापाले जानकारी दिए । सेन्टरले ज्योतिषको कार्य गर्ने, धार्मिक बिषयमा अध्ययन तथा अनुसन्धान गर्ने एवम् धार्मिकसंग सम्बन्धित अन्य क्रियाकलाप समेत गरिने थापाले जानकारी दिए । कार्यक्रममा नेपाल तरुण दल मकवानपुर अध्यक्ष ईश्वर पाठक, समाजसेवी एवम् शिक्षासेवी पुरनबहादुर जोशी, भूटनदेवी मन्दिर सञ्चालक समितिका अध्यक्ष सिद्धिलाल श्रेष्ठलगायतको आतिथ्यता थियो । कार्यक्रम हनुमानतन्त्र शिवशक्ति साधना तथा रिसर्च सेन्टर ज्ञानशालाका अध्यक्ष मिलनकुमार थापाको अध्यक्षतामा कार्यक्रम भएको हो ।

