Header Ads


व्यवसायीद्वारा बालिकाको उपचारमा सहयोग

हेटौंडा, ११ चैत/हेटौंडा–२ की एक बालिकाको उपचारको लागि व्यवसायीहरु जंगबहादुर बस्नेत र अजय मानन्धरको टोलीले २९ हजार ५ रुपियाँ सहयोग संकलन गरी हस्तान्तरण गरेका छन् । 
हेटौंडा–२ संगमचोककी ४ बर्षीया एबीगेल मोक्तानको उपचारको लागि बस्नेत र मानन्धरको टोलीले पिपलबोट आसपासका व्यवसायी संग रकम संकलन गरेका थिए । शुक्रबार एबीगेलको हजुरबुवा हिरा मोक्तानलाई एक कार्यक्रमकाबीच उनीहरुले रकम हस्तान्तरण गरेका हुन् । कान नसुन्ने र बोल्न नसक्ने अवस्थाको बालिकाको काठमाण्डौं स्थित शिक्षण अस्पतालमा उपचार भैरहेको छ । अस्पतालले बालिका निको हुन करिब १२ लाख रुपियाँ खर्च लाग्ने बताएको जानकारी दिंदै बालिकाको हजुरबुवाले विगत एक महिनादेखि शिक्षण अस्पतालमा उपचार भैरहेको बताए । 
बालिकाको परिवारको आर्थिक अवस्था कमजोर भएका कारण सहयोग संकलन गरी हस्तान्तरण गरिएको सहयोगी व्यवसायी जंगबहादुर बस्नेतले जानकारी दिए । हेटौंडामा रहेको २५ बसन्त समूहले ५ हजार रुपियाँ दिएको र बाँकी रकम पिपलबोट आसपासका व्यवसायी संग संकलन गरिएको अजय मानन्धरले बताए ।
Powered by Blogger.