बानियाँद्वारा ५ लाख सहयोगको प्रतिबद्धता
हेटौंडा, ३१ जेठ/ हेटौंडा १८ हर्नामाडी एक्लेखेतमा एक्लेश्वर महादेव मन्दिर र धर्मशाला ध्यान केन्द्र निर्माणको लागि नेपाली काँग्रेस मकवानपुरका सभापति एवम् सासंद ईन्द्रबहादुर बानियाँले सांसद विकास कोषबाट ५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।
यही जेठ २४ गतेदेखि हर्नामाडी एक्लेखेतमा एक्लेश्वर महादेव मन्दिर तथा धर्मशाला ध्यान केन्द्र निर्माणको लागि सुरु भएको सोडियम श्रीमद्भागवत महायज्ञको समापनको अवसरमा बुधबार बोल्दै प्रमुख अतिथि बानियाँले मन्दिर तथा ध्यान केन्द्र निर्माणको लागि ५ लाख रुपैयाँ दिने र अन्तबाट कुनै सहयोग नजुटेको खण्डमा मन्दिर र ध्यान केन्द्र दुवै आफैले बनाईदिने घोषणा गरेका हुन् ।
समापन कार्यक्रममा बोल्दै पूर्व गृहराज्यमन्त्री बानियाँले विकास निर्माण र सामाजिक कार्यमा आफूले पहिल्यैदेखि मकवानपुरमा विशेष कार्य गरिरहेको बताउँदै अवका दिनमा पनि त्यतै बढी ध्यान केन्द्रित गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
महायज्ञ मूल समारोह समितिका संयोजक केशव पण्डितको सभाध्यक्षता सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथि बानियाँ, अतिथिहरु प्रमुख वाचक अनुराधा शास्त्री, श्रीमदभागवत सत् संकल्प देशब्यापी १०८ अभियन्ताकर्ता मुमुछु उद्धव शर्मालगायतले मन्तव्य व्यक्त गरेको थियो ।
२४ गतेबाट सुरु भएको महायज्ञमा समापनको दिन बुधबारसम्म ८ लाख २५ हजार रुपैयाँ संकलन भएको आयोजक समितिले जानकारी दिएको छ ।