थानाभ¥याङमा ब्याड्मिण्टनको कबर्ड हल बन्ने
हेटौंडा, ५ असार/हेटौँडा–११ थानाभ¥याङमा बहुउद्देश्यीय ब्याड्मिन्टन कबर्ड हल निर्माण हुने भएको छ । सामुदायिक सेवा समितिको प्राङ्गणमा ब्याड्मिन्टन खेल्न सहज होस् भन्ने उद्देश्यका साथ निर्माण कार्य सुरु गरिएको कबर्ड हलको सोमबार मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायवमहानिरीक्षक (डीआइजी) गणेश केसीले शिलान्यास गरेका हुन् ।
शिलान्याश गर्दै केसीले सबैको सहयोगबाट कबर्ड हल निर्माणको कामले पूर्णता पाउन सक्ने बताए । हेटौडामा धेरै खेलप्रेमीहरु भएकाले खेलप्रेमीबाट सहयोग हुने अपेक्षा व्यक्त गर्दै उनले आवश्यक सहयोगको लागि प्रहरी समेत तयार रहेको बताए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले कबर्ड हल निर्माणका लागि नगरपालिका सहयोग गर्न तयार रहेको बताए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बसन्तकुमार लामाले नयाँ खेलाडी उत्पादन गर्नका लागि पनि कबर्ड हलले मद्दत पु¥याउने धारणा राखे । कबर्ड हल निर्माण समितिका संयोजक हिरालाल श्रेष्ठले सबै खेलप्रेमीहरुको सहयोगको खाँचो रहेको बताए ।
कार्यक्रममा सामुदायिक सेवा समिति थानाभ¥याङका अध्यक्ष सिद्धीलाल श्रेष्ठले खेलको माध्यमबाट भ्रातृत्वको विकास हुनुको साथै स्वस्थ रहन मद्दत पुग्ने बताए । हल निर्माण भएपछि हेटौंडाका आम ब्याड्मिन्टन खेलाडीलाई सहज हुने वक्ताहरुको विश्वास छ ।
कबर्ड हल निर्माण समितिका संयोजक हिरालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका स्थानीय विकाश अधिकारी नारायणप्रसाद मैनाली, हेटौडा सिमेन्ट उद्योगका अध्यक्ष रघुरमण न्यौपाने लगायतको आतिथ्यता थियो ।