Header Ads


नाईन स्ट्रारले उपाधी चुम्यो

रुपक कालिराज
प्रतियोगितको उपाधी लिदै नाईन स्ट्रार युवा क्लबका खेलाडीहरु ।   तस्विर : रुपक कालिराज
थाहानगर/मकवानपुरको थाहानगरपालिकामा जारी उत्तरी क्षेत्र स्तरिय भलिवल प्रतियोगिताको उपाधि नाईन स्ट्रार यूवा क्लव वज्रवाराहिले जितेको छ । 
आइतबार भएको फाइनल खेलमा नाईन स्ट्रार क्लबले फुफुमेन्दो क्लबलाई २५–२१, २५–१८ र २५–२० को सोझो सेटमा पराजित गरेको थियो । नेपालीहरुको महान पर्व तिहारकोे उपलक्ष्यमा सञ्चालन गरिएको भलिवल प्रतियोगिताको उपाधि उचाल्दै नाईन स्ट्रार वज्रवाराहिले  नगद रु १० हजार , शिल्ड, मेडल साथै प्रमाणपत्र प्राप्त गरेका छन् । 
त्यसैगरी आग्रा गाविसका फुफुमेन्दो आग्राले उपविजेतामा चित्त वुझाउँदै नगद ५ हजार रुपैयाँ सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । आयोजक वागेश्वरी यूवा क्लव डाडागाँउ तेस्रो स्थान ओगट्दै नगद रु ३ हजार सहित शिल्ड,मेडल रप्रमाणपत्र प्राप्त गरेको छ । दामनको कुण्डल देवि एभरेष्ट यूवा क्लवले सान्तवना स्थानमा हासिल गर्न सफल भएको छ । खेल अवधिभर अनुशासन तथा उत्कृष्ट प्रस्तुतिको आधारमा फुफुमेन्दो आग्राका राजराम स्याङतान र नाइन स्ट्रारका वलराम सुवेदि उत्कृष्ठ खेलाडी घोषित भएका छन । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको खेलमा थाहा नगरपालिकाको विभिन्न ठाउँ लगायत आग्रा गाविस, मार्खु मार्फत सहभागिता रहेको कल्वका अध्यक्ष सुमन विष्टले जानकारी दिए । 
विकासको लागि खेलकुद भन्ने मुल नाराको साथ सञ्चालन भएको प्रतियोगिता खेलकुद विकास समिति थाहा नगरपालिका सचिव हरिकृण कार्कीको प्रमुख आथित्यमा भएको हो । कार्कीले खेलले सिर्जनात्मक, अनुसासन, शारिरिक देखि मानसिक सम्म विकास गर्नको लागि सहयोग पु¥याउनुको साथ विकृति विसंगतिबाट टाढा राख्नको लागि मदत पुग्ने भएकोले खेलको महत्व रहेको बताए ।  कार्कीले अबको दिनमा आफुले सक्दो सहयोग गर्नुको साथै खेलकुद विकास समिति थाहा नगरपालिकाले प्रतियोगिताहरुमो सहयोग गर्ने बताए । त्यस्तै खेलकुद विकास समिति थाहानगरपालिकाका सदस्य तथा जनकल्याणका उच्च माविका प्राचार्य सानो भाई कार्कीले धेरै यूवाहरु कुलत तर्फ लागि रहेको अवस्थालाई टाढा राख्नको लागि समेत सहयोग पुग्ने भएकोले नगरपालिकाले खेलकुदको क्षेत्रलाई वजेट छु्याउनु पर्ने बताउनुको सार्थै वजेटको पहल गर्ने 
बताए ।
 क्लवका अध्यक्ष सुमन विष्टको अध्यक्षतामा भएको प्रतियोयोगितामा विभिन्न पार्टीका प्रतिनिधि, खेलकुदपे्रमि लगायतको सहभागिता रहेको थियो ।
Powered by Blogger.