Header Ads


भूकम्पपीडितलाई कम्बल वितरण

हेटौँडा, २९ कात्तिक÷गत बैशाखको विनाशकारी भूकम्पबाट पीडित मकवानपुरको हाँडीखोला–४, ५ र ६ नम्बर वडाका बासिन्दाहरुलाई राहतस्वरुप कम्बल वितरण गरिएको छ ।
हाँडीखोला–५ घर भई हाल अमेरिकाको बोस्टनमा बस्दै आएका चिरञ्जीवी आचार्य (राजन) र उनकै दाजु सोही ठाउँमा घर भई हाल बेलायत बस्दै आएका मधुसूदन आचार्यले व्यक्तिगत खर्चमा ८२ थान कम्बल वितरण गरेका हुन् । स्थानीय नवजागृति प्राथमिक विद्यालयको प्राङ्गणमा सर्वदलीय सर्वपक्षीय व्यक्तिहरुको उपस्थितिमा आयोजित कार्यक्रमबीच भूकम्पबाट मृतक परिवारका पूर्णबहादुर प्रजालाई दुई थान, कान्छीमाया प्रजालाई दुई थान र कालिकाटार प्रजालाई दुई थान तथा अन्य एक परिवारलाई एउटा कम्बलका दरले वितरण गरिएको उनका बुवा गोपालप्रसाद आचार्यले जानकारी दिए । भूकम्पबाट केही महिनाअघि क्षति पुगेको भएपनि आफू स्वयम् नेपाल आएको अवसर
पारी राहत वितरण गरिएको चिरञ्जीवी आचार्यले बताए । डीभी चिा परेर २०६२ सालमा अमेरिका पुगेका चिरञ्जीवीले भूकम्पबाट परेको पीडामा केही राहत होस् भन्ने उद्देश्यले आफ्नै गाउँका व्यक्तिहरुलाई सहयोग गरेको बताए ।
Powered by Blogger.