जायज माग पूरा हुन्छ, वार्तामा आउ ः थापा
हेटौँडा, २९ कात्तिक/राप्रपा नेपालका केन्द्रीय अध्यक्ष एवम् उपप्रधान, परराष्ट्र तथा स्थानीय विकास मन्त्री कमल थापाले मधेश केन्द्रीत दललाई वार्तामा आउन आग्रह गर्दै जायज माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
मधेश केन्द्रीत दलले मुख्य रुपमा चारवटा माग राखेर आन्दोलन गरिरहेको भन्दै उनले सबै माग सम्बोधन गर्न नसकिने भएपनि जायज माग पूरा गर्न सरकार लागिपर्ने बताएका हुन् । मकवानपुर उद्योग वाणिज्य संघले उपप्रधानमन्त्री थापाको स्वागत तथा सम्मानमा आयोजना गरेको कार्यक्रममा राज्यका विभिन्न अंगमा समानुपातिक समावेशी सिद्धान्तलाई मौलिक हकको रुपमा राखिनुपर्ने, नागरिकताको सम्बन्धमा र प्रदेशको सिमाङ्कनको बिषयमा विवाद रहेको भन्दै उनले निर्वाचन क्षेत्रको
निर्धारण जनसङ्ख्याको आधारमा हुनुपर्ने माग ठिक भएपनि नेपालको सन्दर्भमा केही जिल्लामा एक जिल्लामा एक निर्वाचन क्षेत्र समेत हुन नसक्ने अवस्था आउने भएकोले यो गर्न नसकिने स्पष्ट पारे ।
यस्तै राज्यका विभिन्न अंगमा समानुपातिक समावेशी सिद्धान्तलाई मौलिक हकको रुपमा राखिनुपर्ने मागलाई सरकार र प्रमुख दलको सहमति रहेको, नागरिकताको सम्बन्धमा अहिले व्यवस्था भएको संविधानमा संघीय कानून बमोजिम हुनुपर्छ भन्नेमा केही शब्दमा आपत्ति व्यक्त भएको भन्दै त्यो समेत सच्याउन तयार रहेको जानकारी दिए । प्रदेशको सिमाङ्कनको बिषयमा भने आन्दोलनको मागलाई दृष्टिगत गर्दै राजनीतिक सहमति कायम गरेर संवैधानिक प्रक्रियाबाट त्यसलाई संशोधन गर्न सरकार तयार
रहेको मन्त्री थापाको भनाई छ । उनले नेपालीहरुको चाडपर्वको मुख्य बेलामा सीमामा इन्धन, पारवहन, आपूर्ति व्यवस्था र औषधीलगायत अतिआवश्यक बस्तु आपूर्तिमा अवरोध सिर्जना गरिएको घटनालाई नेपालीले कहिल्यै नबिर्सने बताएका छन् । देशभित्रको आन्तरिक समस्यालाई बहाना बनाएर पारवहन र आपूर्ति व्यवस्थामा भारतले अवरोध सिर्जना गरिरहेको भन्दै उपप्रधानमन्त्री थापाले देशको आन्तरिक समस्यालाई नेपाली आफैं समाधान गर्न सक्षम रहेको अवस्थामा जनतालाई दुःख दिने, नाकामा अवरोध गरेर पीडा दिने काम गरिएको भन्दै त्यसलाई नेपालीले कदापि स्वीकार नगर्ने बताए ।
नेपालले भारत सरकारको अहित हुने कुनै काम नगरेको र भारतविरुद्ध आफ्नो भूमि प्रयोग हुन नदिएको अवस्थामा बिनाकारण इन्धन अवरोध खडा गर्ने काम गरिरहेको भन्दै विरोध गरे । परराष्ट्र मन्त्री थापाले आफू भारत जाूदा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आश्वासन दिएपनि त्यसले व्यवहारिक रुप लिन नसकेको भन्दै असन्तुष्टि जनाए । ‘दिइएको आश्वासन र विश्वासलाई इमान्दारीपूर्वक पूरा हुनेमा हामी प्रतीक्षारत् छौं,’ थापाले भने ।
लामो समयदेखिको संकटका बाबजुद नेपालीले देखाएको धैर्यताप्रति सरकारका तर्फबाट आभार व्यक्त गर्दै मन्त्री थापाले यसपटकको अवरोधका बाबजुद जनताको साथ र समर्थन अद्वितीय रहेको भन्दै प्रशंसा
गरे । नाकाबन्दीले नेपालको नयाू ढंगले विकास गर्ने आँखा खुलेको विचार व्यक्त गर्दै उपप्रधानमन्त्री थापाले देशका लागि आवश्यक इन्धनका लागि एकै देशमा भर पर्नुपर्ने बाध्यता सदाका लागि बन्द गर्ने सरकारको तयारी रहेको स्पष्ट पारे ।
सरकार अहिलेको संकटलाई अदृश्य वरदानका रुपमा लिएर अगाडि बढ्दै गरेको उल्लेख गर्दै थापाले भने, ‘नौ वर्ष नमिलेको विवादका कुरा केही दिनमा पूरा गर्न नसकिने अवस्था रहँदैन ।’ मधेशमा भैरहेको आन्दोलन र भारतले गरेको नाकाबन्दीका कारण पारवहन र आपुर्ती व्यवस्था रोकिएको दावी गर्दै उनले नेपालमा देखिएको समस्या ढिलो चाूडो समाधान हुने तर यहि बहानामा जनतालाई दुःख दिन नहुने तर्क गरे । यस्तै भारतले नाकामा गरेको अवरोधको औचित्य नरहेको भन्दै मन्त्री थापाले भारत भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आवागमन सहज गर्न गरेको प्रतिबद्धता इमान्दारीपूर्वक पालना गर्न आग्रह गरे ।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी र उद्योग वाणिज्य संघ मकवानपुरका संस्थापक उपाध्यक्ष एवम् पूर्व अध्यक्ष रामकृष्ण गोर्खालीलाई सम्मान गरिएको थियो । कार्यक्रममा मध्यमाञ्चल क्षत्रीय प्रशासक महेश दाहाल, महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी, राजनीतिक दलको तर्फबाट एमालेका जिल्ला संयोजक रामचन्द्र राई, उद्योग संघ मकवानपुर अध्यक्ष ऋषिराम घिमिरे, उद्योग वाणिज्य संघ उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।