विश्वकर्माको मृत्युले गाउ नै स्तब्ध
हेटौँडा, २९ कात्तिक/सबैजना तिहारको रमझममा रमाइरहेको समयमा मकवानपुरको मनहरी–८ रजैयाका विश्वकर्मा परिवार भने शोकमा रहे ।
विदेशमा काम गरेर कमाउने र आफ्नो परिवारलाई जीन्दगीभरी खुसी राख्ने सपना बोकेर कतार पुगेका ३१ बर्षीय कुमार विश्वकर्माको मृत्युको खबरले उनको परिवार मात्र हैन रजैया गाउ“ नै शोकमा रहेको छ । विश्वकर्माको परिवारले लक्ष्मीपूजाको अघिल्लो दिन मात्र कुमार आफैंले चलाएको गाडीको अघिल्लो टायर मुनि मृत अवस्थामा भेटिएको जानकारी पाएको थियो । मृतक विश्वकर्मा ५ महिना अघि मात्र काठमाण्डौंको जानकी ओभरसीज प्रालीबाट कतारको न्यू होराइजन कन्ट्राक्टिङ एण्ड मेइनान्स डब्लु एल एल कम्पनी सनैया ५२ लेफ्ट साइडमा सवारी चालकको कामको लागि गएका थिए । ‘आफैंले चलाएको गाडी मुनि ५ दिन अघि मृत अवस्थामा भेटियो भन्ने खबर आएको छ’, मृतकका दाई राजकुमारले भने, ‘छोरा छोरी पनि हुर्किसके यहा“ बसेर मात्र के गर्नु ? उनीहरुलाई राम्रोसंग लालनपालन गर्न परिहाल्यो भनेर ५ महिना अघि मात्र ड्राइभिङ भिसामा गएको भाईको मृत्यु भयो भनेको सुन्दा विश्वास गर्नै सकिरहेको छैन ।’ कतारमा रहेका उनका आफन्त एवम् साथीभाईले दिएको जानकारी अनुसार मृतकको टाउकोमा चोट लागेको छ । ‘आफैंले चलाएको गाडीले आफैंलाई कुल्चेर अढाई सय मिटर पर गएर गाडी रोकिएको छ भन्ने जानकारीमा आएको छ’, घटनाको अवस्था बारे आफूलाई आएको सूचनाको बिषयमा जानकारी दि“दै मृतकका वुवा गोपी विश्वकर्माले भने, ‘यस्तो अवस्थामा कम्पनीले आत्महत्याको रिपार्ट बनाउन लागेको भन्ने कुरा आएको छ । छोरो (कुमार) को शंकास्पद ढङ्गले मृत्यु भएको छ । हामी अन्योलको अवस्थामा छौ“ ।’ कुमारको घटना भएको स्थल र उनको शव राखिएको अस्पतालमा समेत अन्य नेपालीलाई पनि जान नदिएको बताइएको छ । ‘कम्पनीले आत्महत्या भनेको छ रे । आत्महत्या नै भएको भए आफैंले चलाएको गाडीले आफैलाई कुल्चेर अढाईसय मिटर अगाडीसम्म गाडी कसरी गयो ? ड्राइभर बिना त गाडी गुड्दैन होला’, मलिन अनुहारमा भेटिएका मृतकका वुवाले दुखेसो गरे । रजैया घर भै काठमाण्डौंडमा कार्यरत प्रसुज मैनालीले कुमारको मृत्युको खबरले गाउ“ नै स्तब्ध भएको सुनाए । ‘खुबै मिलनसार हुनुहुन्थ्यो, उहा“को मृत्युको खबरले हामी स्तब्ध भएका छौ“, न कसैले तिहारमा टिका नै लगाउन मन गरे, नत द्यौसीभैलो नै खेल्न’, मैनालीले भने । मृतकको परिवारले घटनाको बिषयमा सत्यतथ्य बुझेर सोही अनुसारको कदम चाल्न नेपाल सरकार र विदेश पठाइदिने कम्पनीसंग अनुरोध गरेको छ । मृतकको श्रीमति सहित एकछोरा र एक छोरी रहेका छन् ।
