Header Ads


राजनीतिक पार्टीका खेतालाहरुको नाटक

भीमकाय हिम पहाड संग पौठेजोरी खेल्न अभ्यस्त भै सकेका हिउँ चितुवाको लुगाको फेर समाउदै विश्वको सर्बोच्च सिखरमा पाइला टेके भनेर घिरौला जत्रो नाक पार्दै सगरमाथाकै जत्रो छात्ती पारेर तिनै सगरमाथाको टाउकोमा टेक्दै बीरताको गाथा हाते फुन (मोबाईल) बाट लोक लाइ सुनाउछ आजकलका डिसी देखि बिदेसी मान्छेहरुले । हो यस्तै पारा छ हाम्रो देशको महान नेताहरुको पनि । जसरि हिमाल चढ्ने आरोहीहले बीर शेर्पाको दौराको फेद समातेर शिखर चढ्दछ त्यस्तै गरि नेपालको अहिलेको ९०५ भन्दा माथिका पार्टीका नेताहरु बिदेसिको बुइ चढेर राजनीति गर्दैछन ।तिनका लागी राजनीति ब्यापार हो । ब्यापार गर्न पुजी चाहिन्छ । ब्यापार गरे पछी कि नाफा हुन्छ कि घाटा, तर नेपालको राजनीतिक पार्टी चैँ जहिले पनी घाटामा गएको हुन्छ भने ति राजनीतिक पार्टीका संचालकहरु चाहो नाफामै बसेका हुन्छन । दुखले पु“जी हालेर ब्यापार गरेको भएपो घाटाको अर्थ र औचित्य थाहा हुन्छ । बिदेसिले हाली दिएको प“ुजी जो प¥यो ।
आजभोली देसका सबै जसो पार्टी तथा तिनका नेताहरु ‘कि चपरी मुनिको बास कि अलकापुरीको राज’ भन्ने सिद्धान्त लिएर अगाडी बढेको छन । ‘ताक परे तिवारी नत्र गोतामे’ चरित्र बोकेका इनिहरुले आज २८ बर्ष भै सक्यो देशलाई भड्खालोमा हालेको । भए भरको सबै सरकारी स्वामित्वका उधोगधन्दा कलकारखाना लाइ तहस नहस पारे । खुल्ला अर्थ नीति भन्दै सबै बिदेसी लाई बुझाए । अब बुझाउनु बा“की नेपालीहरुको सग्लो ज्यान भन्दा अरु केहि बाकि छैन । 
जो भ्रस्ट भनेर डुंगडुंगति गन्हाको छ त्यस्तालाई कारबाहीको सट्टा पुरस्कृत गरिन्छ । स्वदेसी त गरे गरे अब बिदेसीलाई धरी पुरस्कृत गर्न बा“की राखेनन १ अब नयाँ नाटक एक मधेस प्रदेसबाट झरेर मधेसमा दुई 
प्रदेस भन्दै सिमा नाका नाका थुनेर आÇनै सगोत्रिहरुको पेटमा लात हान्ने देखि जगत ह“साउने काम गर्दै 
बसेका छन् ।
हिजो २०५२ सालमा पनि ‘टनकपुर’ नाटक देखाको थिए । रिस जति भएभरका सडक र सडकको रेलिंगमा पोखे । आज त्यसैको सिको गरेर त्यहि नाटक दोहा¥याउ“दै छन् । फरक के छ भने हिजो सडकमा टायर मात्र बाल्ठे भने अहिले सवारी साधन भित्रै चालक देखि यातु राखेर जलाउन देखि तोडफोड गर्न लागेका छन 
यी सबै बिदेसिका खेताला हुन । आÇनो भाग नपाउन्जेल आन्दोलन देखि हिंसात्मक काम कार्य गर्छन । आफ्नो भाग पाएको २÷४ दिन पछी तै चुप मै चुप हुन्छन । उदाहरणको लागी २०४६ साल पछि आजको मिति सम्मका सबै
राजनीतिक पार्टीका नेता देखि तिनका खेतालारुपी कार्यकर्ताहरुलाई हेरे पुग्छ ।
Powered by Blogger.