Header Ads


श्रीयाग महायज्ञ सुरु

हेटौँडा, ५ मंसिर/नेपाल तीर्थ प्रकाश संघको आयोजनामा हेटौंडा ९, कुष्माण्ड सरोबर त्रिवेणीधाममा श्रीयाग महायज्ञ सुरु भएको छ । 
यहि ९ गतेसम्म सञ्चालन हुने महायज्ञको बाल यास ईश्वर कृष्णजी महाराजले उद्धघाटन गरेका हुन् । कार्यक्रममा डा. केशव प्रपन्नाचार्य, प्रमुख यज्ञ आचार्य, नेपाल धर्मसभाका अध्यक्ष माधव भट्टराई, मोच्छेधाम सेवा आश्रम चितवनका अध्यक्ष ऋषि पाण्डे, मकवानपुर उद्योग बाणिज्य संघका महासचिव महेन्द्र राउत, राप्रपाका क्षेत्रीय अध्यक्ष सिताराम बर्तौला, समाजसेवी रीता खनाललगायतले मन्तव्य व्यक्त गरेका थिए । महायज्ञको उद्घाटनमा तीर्थ प्रकाश संघका सचिव सुनिल अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । शनिबार कलशशोभा यात्रासहित महायज्ञ शुभारम्भ गरिएको हो । 
आज, भोली र पर्सीे पूजा, आरति पाठ हवन र ९ गते पूर्णाहुति, तिलक, प्रसाद वितरणलगायतको कार्यक्रम रहेको छ । देशमा शान्ति एवम् समस्त प्राणीको कल्याणको कामना गर्दै नेपालमा पहिलो पटक श्रीयाग महायज्ञ आयोजना गरिएको हो । यज्ञ दर्शनको लागि वेल वा नरिवल सहित उपस्थित हुनुपर्ने बताइएको छ ।  यसैगरी यज्ञमा तिल र घ्यूको मात्र हवन हुने जानकारी दिइएको छ ।
Powered by Blogger.