श्रमिकको विव्यसमा रिजाल,पीटीएमा श्रेष्ठ
हेटौँडा, ५ मंसिर/हेटौंडा–४ कर्रामा रहेको श्रमिक माविको व्यवस्थापन समिति अध्यक्षमा नरेन्द्रलाल रिजाल चयन भए ।
शनिबार बिहान भएको अभिभावक भेलाले रिजालको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चयन गरेको हो । समितिको सदस्यमा शंकर खड्गी, सुनिल लामा र रिता दाहाल रहेका छन् । सर्वसम्मत अध्यक्षमा चयन भएका रिजालले आफूले विद्यँलयको वस्तुस्थिति बुझेर अभिभावक, पूर्वविद्यार्थी, पूर्व अध्यक्ष तथा
पदाधिकारी, स्थानीय अगुवा व्यक्तिहरुसँग मिलेर विद्यालयको भौतिक तथा शैक्षिक अवस्था सुधारमा सक्रिय रहने बताए । विद्यालयको भौतिक तथा शैक्षिक विकासमा सबै राजनीतिक दलको साथ र सहयोग लिई विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गरी अभिभावकलाई सन्तुष्ट गराउने प्रतिवद्धता नव निर्वाचित अध्यक्षको रहेको छ । निवर्तमान अध्यक्ष अजिव भट्टराईको अध्यक्षता एवम् जिल्ला शिक्षा कार्यालय मकवानपुरका स्रोतव्यक्ति किरण आचार्यको प्रमुख आतिथ्यमा भएको अभिभावक भेलामा राजनीतिक दलका प्रतिनिधी, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरु, पूर्वविद्यार्थी, स्थानीय टोल विकास संस्थाका प्रतिनिधी, शिक्षक, कर्मचारीलगायतको आतिथ्यता रहेको थियो । यस्तै अभिभावक भेलाले शिक्षक अभिभावक संघ (पीटीए) को संयोजकमा सुरेश श्रेष्ठलाई चयन गरेको छ । श्रेष्ठ श्रमिक माविका पूर्वविद्यार्थी
हुन् ।
हुन् ।
