‘सहकारीलाई गुणस्तर बनाउन राज्यको चुनौती’
हेटौँडा, ५ मंसिर/डिभिजन सहकारी कार्यालयका प्रमुख तिलकराम पोखरेलले सहकारीलाई गुणस्तर बनाउन राज्यलाई चुनौती रहेको
बताए ।
बताए ।
सुन्दर बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडाको सातौँ वार्षिक साधारणसभामा प्रमुख अतिथि रहेका
पोखरेलले सहकारीलाई विकास गर्नका लागि राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले साना–साना सहकारीलाई एकीकरण गर्नु अहिलेको आवश्यकता रहेको बताए । साधारणसभामा संस्थाका अध्यक्ष शम्भु नकर्मीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले आर्थिक वर्षमा शेयर पूूजी वृद्धि गर्न सदस्य संख्या र शेयर
रकम वृद्ध गरी ५० लाख पु¥याउने लक्ष्य राखिएकोमा यसवर्ष शेयर रकममा उल्लेख्य वृद्धि भै ५८ लाख ६० हजार ८ सय रुपैयाँ पुगेको बताए ।
गत वर्ष संस्थाले १ करोड ३५ लाख बचत संकलन गरेकोमा यसवर्ष ६४ लाख १० हजार रुपैयाँ बचत संकलनमा वृद्धि भएको बताए । उनले बाल बचत कार्यक्रममा सहभागिता बृद्धि भै बचतकर्ताको संख्या १ सय ३८ जनाबाट १३ लाख ७१ हजार ९ सय ८० रुपैयाँ बचत संकलन गरेको बताए । त्यसैगरी सहकारीका कोषाध्यक्ष दीपक देबकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले आर्थिक वर्ष २०७१÷०७२ मा ३१ लाख ३४ हजार रुपैयाँ आम्दानीे गरेको र ३० लाख १२ हजार ७ सय १२ रुपैयाँ खर्च गरेको बताए ।
सहकारीको आर्थिक वर्ष ०७१÷०७२ मा शेयर पूूजी ५८ लाख ६० हजार ८०० रहेकोमा आर्थिक वर्ष २०७२÷०७३ मा ६५ लाख पु¥याउने लक्ष्य रहेको देबकोटाले बताए । त्यसैगरी लेखा समितिका संयोजक गणेशप्रसाद पराजुलीले लेखा समितिले आन्तरिक लेखा परिक्षण पश्चात आफ्नो प्रतिवेदन मार्फत दिइएका सुझाव÷ सल्लाह÷निर्देशनलाई सकरात्मक रुपमा लिँदै कार्यान्वयनका लागि सक्रिता देखाइएको पाइए पनि पहिचान भएका कमी कमजोरीहरुलाई यथाशिघ्र सुधार्न सम्बन्धित सबैले सक्रियता देखाउनुपर्ने बताए । कार्यक्रममा शेयर धनीका छात्र÷छात्रा पाूचजना मध्ये दुईजनालाई नगद सहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । सहकारीमा ३० जना असल ऋणी मध्ये गोलाप्रथाबाट एदिश रिजाल र सहकारीमा ३१ जना असल बचतकर्तामध्ये गोलाप्रथाबाट रुपामाया लामिछानेलाई पनि पुरस्कृत गरिएको थियो ।
सहकारीले सामाजिक कार्यमा योगदान पु¥याएको भन्दै हेटौँडा–२ निवासी कल्पना शर्मालाई नगद ५ हजार १ रुपैयाू सहित सम्मान गरेको छ । शर्मा दक्षिण एशियाको पहिलो फुटबल महिला रेफ्रि हुन । कार्यक्रममा दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय सदस्य नारायणप्रसाद देवकोटा, ऊँ वृद्धाआश्रमका अध्यक्ष वुद्धिप्रसाद पौडेल, सामूदायिक प्रहरी सेवा केन्द्र चौकिटोलका कमल लामालगायतको आतिथ्यता रहेको थियो ।
अध्यक्षमा पुन :नकर्मी
हेटौँडा/सुन्दुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पून शम्भु नकर्मी चयन भएका छन् ।
शनिबार भएको सहकारीको सातौू वार्षिक साधारणसभाबाट अध्यक्ष पदमा नकर्मी निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी उपाध्यक्षमा गोपालबहादुर थापा, सचिवमा सविन न्यौपाने, कोषाध्यक्षमा दिपक देवकोटा सर्वसम्मत रुपमा चयन भएका छन् । त्यसैगरी सदस्य पदमा शुन्दर शाह, अर्जुन डंगोल, लक्ष्मी लामा, निर्मला सुवेदी र इन्द्रकुमार मोक्तान चयन भएका छन् । सहकारीको लेखा समितको संयोजकमा एसिस रिजाल चयन भएका छन् भने सदस्यमा सन्तोष पराजुली र सुनिता नकर्मी चयन भएका छन् ।

