दृष्टिविहीन अमृतालाई सहयोग
हेटौँडा, ५ मंसिर÷जुम्ला घर भई हाल भक्तपुरको सानोठिमी मगर गाउँमा बस्दै आएकी दृष्टि विहीन अमृता थापालाई हेटौंडाको शुकराम केसीले आर्थिक सहयोग गरेका छन् ।
भारतीय नाकाबन्दीका कारण ग्याँस नपाएर १० दीनसम्म भोकै बस्नु परेको कारुणीक अवस्थाका बारेमा कान्तिपुर टेलिभिजन हेरेर जानकारी पाएका केसीले अमृतालाई सहयोग स्वरुप नगद ३५ सय रुपैयाँ सहयोग गरेको हो । केसीले सहयोग रकम कान्तिपुर टेलिभिजनका हेटौंडा संवाददाता बालकृष्ण अधिकारी मार्फत थापालाई नगद पठाएका हुन् । थापा अंग्रेजी विषयमा एमए अध्ययन गर्दैछिन् ।
उनको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको छ ।
