Header Ads


६ सय १८ जनाको स्वास्थ्य परीक्षण

हेटौँडा, १२ मंसिर÷लायन्स क्लव अफ मुक्तिनाथ हेटौंडाको आयोजनामा हेटौंडा–२९ बस्तीपुरमा भएको निशुल्क स्वास्थ्य शिविरमा ६ सय १८ जनाको स्वास्थ्य परीक्षण भएको छ ।
 सप्तगण्डी हस्पिटल प्रालि भरतपुर संगको समन्वयमा आयोजना भएको शिविरमा करिब ७० जना जटिल समस्या भएको बिरामी भेटिएको र उनीहरुलाई भरतपुर रिफर गरिएको छ । निर्मल बहुमुखी क्याम्पसको प्राङ्गणमा भएको स्वास्थ्य शिविरको उद्घाटन लायन्स क्लव अफ ३२५ बिटूका डिष्ट्रिक को–एड्भाइजर राम श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । श्रेष्ठले स्वास्थ्य शिविरको लागि आवश्यक औजार चिकित्सकको टोलीलाई प्रदान गरेर शिविरको उद्घाटन गरेका थिए । लायन्स क्लव अफ मुक्तिनाथ हेटौंडाका अध्यक्ष राजेश भेटवालको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लवहरुको तर्फबाट लायन्स क्लव अफ इन्टल्याक्चुएलका सुरेश श्रेष्ठ, निर्मल उच्च माविका प्रँचार्य प्रबोध बिडारी, हृदयरोग निवारण प्रतिष्ठानका अध्यक्ष हरिवंश भेटवाल, जनहित सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष मनहरी बर्तौला, कार्यक्रम संयोजक रमेश उप्रेती, सहमूल कार्यक्रम संयोजक सञ्जिवपाठकलगायतले मन्तव्य व्यक्त गरेका थिए । 
स्वास्थ्य शिविरमा हेटौंडा २८ र २९ नम्बर वडासहित पदमपोखरी, मनहरी, हा“डीखोला, चुरियामाई एवम् हेटौंडा आसपासका विभिन्न स्थानका सर्वसाधारणले सेवा लिएको कार्यक्रम संयोजक रमेश उप्रेतीले जानकारी दिए । 
स्वास्थ्य शिविरमा जटिल समस्या देखा परेका बिरामीलाई सप्तगण्डकी अस्पताल प्रा.लि भरतपुरमा २५ प्रतिशत छुटका साथ उपचार गरिने बताइएको छ । शिविरमा अस्पतालको १५ जना चिकित्सकको टोलीले सेवा प्रदान गरेको थियो ।
Powered by Blogger.