Header Ads


तराईको हिसा र उत्पात कसको स्वार्थमा ? :नेता पोखरेल

हेटौँडा, १२ मसिर/नेकपा एमालेका महासचिव इश्वर पोखरेलले युद्धको समयमा समेत नभएका मानवता विरोधी घटना अहिले तराई मधेशमा भैरहेको बताएका छन् । 
मधेश केन्द्रीत दलको माग के हो भन्ने प्रश्न गर्दै उनले जायज मागलाई छलफल गर्दै सम्बोधन गर्न तयार रहेको तर सामाजिक सद्भाव खल्बल्याउन खोजेको हो भने त्यो कुनै हालतमा स्वीकार्न नसकिने ठोकुवा गरे । ‘चित्त नबुझेको बिषयमा छलफल गर्न तयार, तर त्यो जायज माग हो भने मात्र’, नेता पोखरेलले भने, ‘तर यो हिंसा र उत्पात किन ? कसको स्वार्थमा भैरहेको छ यो सब ?’ 
सरकारले हदैसम्मको लचकता अपनाइरहेको दावी गर्दै उनले सरकारले सरकारजस्तो भएर प्रश्तुत हुनुपर्छ भन्ने मान्यतामा आफू रहेको बताए । ‘लचकतालाई कमजोरी नठानियोस्, संंविधानको अन्तरवस्तुमा चित्त नबुझेको हो भने हामी छलफल गर्न तयार छौ“ । संविधानमा उल्लेख गरिएका बिषय गतिशिल र संशोधन भैरहन्छ’, उनले भने । नेकपा एमाले मकवानपुरको १० औं जिल्ला सम्मेलनको उद्घाटन गर्दै महासचिव संविधानमा भारतलाई कतैपनि गालि नगरेको भन्दै नेपालको संविधानप्रति असन्तुष्टि जनाउ“दै रिसाउनको अर्थ नभएको तर्क गरे ।
 ‘हामीले हाम्रो लागि धेरै बर्षपछि संंविधान निर्माण ग¥यौं त के बिगा¥यौ ?’, उनले प्रश्न गर्दै भने, ‘हामीले बनाएको संविधान भारत वा चीनको लागि हैन, हाम्रै लागि बनाएका हौ“ र यसमा कसैलाई गालि पनि गरिएका छैनौ“, फेरि किन यो संविधानमा भारतले चित्त दुखाउनुप¥यो ?’ नेपाली जनताको दशकौ“ देखिको नया“ संविधानको चाहना पूरा भएपनि अहिले देश चुनौतीको घेरामा फसिरहेको नेता पोखरेलको भनाई छ ।
 महासचिव पोखरेलले मुलुकमा 
जारी चुनौती सामना गर्ने अभिभारा एमालेको का“धमा भएकाले पार्टी निर्माण गर्नुपर्नेमा जोड दिए । यो अवस्थामा सबै राजनीतिक दल एकढिक्का हुनु आवश्यक रहेकोमा जोड दिए । अधिवेशनको उद्घाटनमा एमाले स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, केन्द्रीय निर्वाचन समिति संयोजक सोमनाथ प्यासी, केन्द्रीय सदस्य तथा नारायणी अञ्चल इन्चार्ज केदार न्यौपाने, केन्द्रीय सदस्य बिरोध खतिवडा, सांसद अनन्त पौडेल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, एमाले पर्सा संयोजक चिरञ्जिवी आचार्य, एमाले जिल्ला सचिवालय सदस्य जुनेली श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए । 
शनिबारबाट सुरु अधिवेसनले चार वर्षीय कार्यकालका लागि ६२ सदस्यीय नया“ कार्य समिति चयन गर्नेछ भने १६ जना वैकल्पिक जिल्ला सदस्य समेत चयन गर्नेछ । आगामी नेतृत्वका लागि अध्यक्षमा रघुनाथ खुलाल र मुनु सिग्देलका बीच प्रतिष्पर्धा हुने भएको छ ।
 सम्मेलनका लागि निर्वाचित ४ सय १६ र मनोनित २१ गरी ४ सय ३७ प्रतिनिधीले जिल्ला सम्मेलनमा सहभागिता जनाएका छन् । सम्मेलनले ७ सदस्यीय निर्वाचन कमिटी र लेखा कमिटी समेत चयन गर्ने एमाले जिल्ला संयोजक रामचन्द्र राईले जानकारी दिए ।
Powered by Blogger.