बुद्धिचाल लिगको उपाधि सञ्जेललाई
हेटौँडा, १२ मंसिर÷ मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा भएको जिल्ला लिग प्रतियोगिताको पहिलो संस्करणको उपाधि रेटेड खेलाडी बलराम सञ्जेलले जितेका छन् ।
११ हप्ता सञ्चालन भएको लिगको शनिबार भएको अन्तिम १९ औं राउण्डको समाप्तिमा कुल १७ दशमलब ५ अंक जोड्दै सञ्जेल लिग च्याम्पियन भएका हुन् । उपाधि जितेका सञ्जेलले १७ खेलमा जित, एक हार र एक खेल बराबरी खेलेका थिए । मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजना र नेपाल भारत मैत्री संघको प्रायोजनामा भएको प्रतियोगिताको विजेता सञ्जेलले उपाधिसहित नगद छहजार रुपिया“ प्राप्त गरे । १७ अंक प्राप्त गरी राजन थापामगर दोस्रो र समान अंक प्राप्त गरी खेलको आधारमा पवन सापकोटा तेस्रो भए । १५ अंकसाथ सुन्दर कार्की चौथो, १५ अंकसहित भीम तिमल्सिना पा“चौ र १४ दशमलव ५ अंक प्राप्त गरी
ज्ञानेन्द्रराज ढुंगेल छैटौं स्थानमा रहे । ११ दशमलव ५ अंक प्राप्त गरेका देबेन्द्र सञ्जेल सातौं, ११ अंक पाएका रिपेश पलिखेल आठौं, ११ अंक नै प्राप्त गरेको सरोज छत्कुली नवौ र १० दशमलव ५ अंकसाथ शम्भुप्रसाद अधिकारी दशौं स्थानमा रहे । नवराज हुमागाईं नौ दशमलव ५, सुजन खड्की आठ दशमलव ५, सन्देश खतिवडा ६ दशमलव ५, सुजन शाही ५ दशमलव ५, रोमित खड्का ५, उत्तम मण्डल ४, सुजन उप्रेती तीन दशमलव ५, अस्मित अधिकारी तीन, रिपेश दाहाल दुई र प्रकाश दाहालले एक दशमलव ५ अंक प्राप्त गरे ।
विजेता तथा उपविजेतालाई मंगलबार बुद्धिचाल संघको कार्यालयमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने बुद्धिचाल संघ सचिव ज्ञानेन्द्रराज ढुंगेलले बताए । जिल्लामा रेटेड खेलाडी बढाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो ।
