Header Ads


२१ जनामा मोतियाबिन्दु, शल्यक्रिया निःशुल्क हुने

हेटौँडा, ११ मंसिर/रेडियो निकास र निकास साप्ताहिकको वार्षिकोत्सबका अवसरमा मकवानपुरको गढीमा निःशुल्क आखा शिविर भएको छ ।
 मकवानपुरगढी गाविस–४, शिखरकटेरी स्थित चण्डिका उच्च माविको प्राङ्गणमा भएको शिविरमा १ सय ६३ जनाले आ“खा परीक्षण गराएका छन् । जसमध्ये २१ ज्नामा मोतियाबिन्दु भेटिएको हेटौंडा सामुदायिक आ“खा अस्पतालका बहिरंग बिभाग प्रमुख तुलसीप्रसाद चुडालले जानकारी दिए । मोतियाबिन्दुका समस्या भएकालाई आज शनिवार निःशुल्क शल्यक्रिया गरिने चुडालले बताए । हेटौंडा सामुदायिक आ“खा अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरको उद्घाटन मकवानपुरगढी गाउ“ विकास समितिका सचिव टेकनाथ काÇले र हेटौंडा सामुदायिक आ“खा अस्पतालका प्रमुख, आ“खा रोग बिशेषज्ञ डा. श्याम व्यासले सयुक्त रुपमा गरेका थिए । 
शिविरमा आएका बिरामीलाई सम्पुर्ण सेवा निःशुल्क गरिनुका साथैं झण्डैं २० हजार रुपैंया बराबरको औंषधी समेत निःशुल्क बितरण गरिएको थियो । सञ्चार संघ नेपाल (रेडियो निकास) का अध्यक्ष सुनिल खड्काको अध्यक्षतामा भएको शिविर उद्घाटन कार्यक्रममा चण्डिका उच्च माध्यमिक बिद्यालयका सहायक प्रधानाध्यापक बालकृष्ण शर्मा, हेटौंडा सामुदायिक आँखा अस्पतालका बहिरंग बिभाग प्रमुख तुलसीप्रसाद चुडाल लगायतकाले विकट बस्तिमा रहेका र आर्थिक अवस्था कमजोर भएका आ“खाका बिरामीहरुले शिविरबाट लाभ लिनसक्ने बताए । कार्यक्रमका प्रमुख अतिथि एवम् मकवानपुरगढी गाँउ विकास समितिका सचिव टेकनाथ काफ्लेले आ“खा अस्पताल र रेडियो निकासले गरेको समाजिक कार्यको प्रसंशा गरे । शिविरबाट मकवानपुरगढी गाविसका स्थानीयले आ“खाको सहज रुपमा उपचार पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्तैं कार्यक्रम निरन्तरताको अपेक्षा गरे । शिविरमा मकवानपुरगढी सहित ठिङ्गन र सुकौंरा गाविसका सर्वसाधारणले समेत आ“खा परीक्षण गराएका थिए ।  
Powered by Blogger.