Header Ads


एमालेको १० औं जिल्ला अधिवेशन आजबाट

नेतृत्वको लागि सिग्देल र खुलाल भिड्ने

हेटौँडा, ११ मंसिर/नेकपा एमाले मकवानपुरको आज शनिबार र भोली आइतबार दशौं जिल्ला अधिवेशन 
हुदैछ । 

जिल्ला सम्मेलनले आगामी चार बर्षीय कार्यकालका लागि अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिवसहित ६३ सदस्यीय नया“ कार्यसमिति चयन गर्नेछ भने १६ जना वैकल्पिक जिल्ला सदस्य समेत चयन गर्नेछ । सम्मेलनको सम्पूर्ण तयारी सकिएको एमालेले जनाएको छ । अधिवेशनका लागि पार्टी जिल्ला संयोजक रामचन्द्र राईको संयोजकत्वमा अधिवेशन आयोजक कमिटी निर्माण भएको छ भने अन्य विभिन्न ७ वटा उपसमितिहरुले काम गरिरहेको छ । सम्मेलनका लागि निर्वाचित ४ सय १६ र मनोनित २१ गरी ४ सय ३७ प्रतिनिधी छनौट भैसकेका छन् । यसैगरी ७ सदस्यीय निर्वाचन कमिटी र लेखा कमिटी समेत अधिवेशनले निर्माण गर्नेछन् । सम्मेलनको उद्घाटन आज एमालेका महासचिव इश्वर पोखरेलले गर्ने कार्यक्रम रहेको छ । महासचिव पोखरेल शुक्रबार नै हेटौंडा आइसकेका छन् । यसैबीच अबको नेतृत्व लिनका निम्ति दुईजना नेताले उम्मेदवारी दिने बुझिएको छ । 
पदाधिकारीसहित जिल्ला कमिटी सदस्यको लागि दुईवटा प्यानल नै बनाएर नेताहरु चुनाव लड्ने योजनामा रहेको जानकारहरु बताउछन् । अध्यक्षको लागि मुनु सिग्देल र रघुनाथ खुलालबीच प्रतिस्पर्धा हुने जानकारीमा आएको छ । दुवै नेताले आआफ्नो पक्षमा मत बटुल्न लागिसकेका छन् । गत शनिबार प्रतिनिधि छनौट भएपश्चात सिग्देल र खुलाल कार्यकर्ता भेट एवम् भोट माग्नमा व्यस्त छन् । २०३७ सालदेखि विद्यार्थी राजनीति सुरु गरेकी सिग्देलले अहिले नेतृत्व परिवर्तनको पक्षमा प्रतिनिधिहरु छनौट भएको बताइन् । आफू गुटको अन्त्य हुनुपर्ने पक्षमा रहेको बताउ“दै उनले नेतृत्व परिवर्तन हुनुपर्ने आवश्यकता रहेको औंल्याइन् । उनले छनौट भएका प्रतिनिधिमध्ये करिब ७० प्रतिशत आफ्नो पक्षमा रहेको उनको दाबी छ । नेतृत्व हत्याउने दाउमा रहेका अर्का उमेदवार खुलालले आफूलाई बहुमत कार्यकर्ताको साथ र समर्थन रहेको दावी गरे । 
पार्टीलाई एकताबद्ध बनाउन, पार्टीको स्थान उच्च बनाउन र पार्टीभित्रका कमीकमजोरी सच्याउनको निम्ति आफ्नो उम्मेदवारी रहेको उनको भनाई छ । मजदुर क्षेत्रबाट जिफण्टमा १७ वर्ष बिताएका खुलाल पञ्चायत र 
राजतन्त्रविरुद्धका आन्दोलनमा सक्रिय सहभागी रहेको बताइन्छ । उनी हाल ३ नम्बर क्षेत्रीय इञ्चार्ज र जिल्ला सचिवालय सदस्य छन् । नेतृत्वको लागि दौडधुप गरिरहेका खुलाल पार्टी अध्यक्ष केपी ओली पक्ष र सिग्देल नेता माधवकुमार नेपाल पक्ष मानिन्छ । खुलालको पक्षमा सांसद् अनन्त पौडेल, केन्द्रीय सदस्य केदार न्यौपाने तथा हालका संयोजक आरसी राईलगायतका नेताहरु छन् भने सिग्देलको पक्षमा सांसद् राजाराम स्याङ्तान, एमाले केन्द्रीय सदस्य विरोध खतिवडा र पूर्वसांसद् ललित बस्नेतलगायतले समर्थन रहेको जानकारहरु बताउ“छन् ।अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव, ७ सदस्यीय लेखा समिति र निर्वाचन समितिको चयन गर्ने छ जसका लागि ४ सय १२ जना प्रतिनिधी छनौट भैसकेको एमालेले जनाएको छ । अधिवेशनले अध्यक्ष सहित ६३ सदस्यीय कार्यसमितिको चयन गर्नेछ भने यसको २५ प्रतिशत वैकल्पिक जिल्ला सदस्य समेत चयन  गर्ने एमाले जिल्ला संयोजक रामचन्द्र राईले जानकारी दिए ।
Powered by Blogger.