Header Ads


सबै चित्र फेर्न सकिन्छ छिमेकी फेर्न सकिदैन: नेता पोखरेल

सुजन ढकाल
हेटौंडा, ११ मंसिर/नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले स्वाभिमान रक्षाका लागि आत्मनिर्भर हुनुपर्ने बताएका छन् । 
प्रेस चौतारी नेपाल मकवानपुरले गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘स्वाभिमानसंग बा“च्ने हो भने आत्मनिर्भर हुन जरुरी छ ।’ दीर्घकालीन हिसाबले बा“च्ने योजना नबनाउ“दा अहिलेको समस्या सिर्जना भएको उनले बताए ।  ‘आत्मनिर्भरताको जग कमजोर हु“दा स्वाभिमान सङ्कटमा परेको छ, विस्तारवादको नाराले मात्र स्वाभिमान बच्दैन, अहिले त्यही अवस्था छौ“’, पोखरेलले भने । 
भारतको छिमेकीप्रतिको व्यवहार मित्रतापूर्ण छैन, त्यसका लागि कूटनीतिक र राजनीतिक पहल भइरहेको छ’, उनले थपे ‘सबै चिज फेर्न सकिन्छ, छिमेकी फेर्न सकिन्न ।’ नेकपा एमाले मकवानपुरको १० औ“ जिल्ला अधिवेशनका लागि हेटौ“डा आइपुगेका नेता पोखरेलले नेपालीले जारी गरेको संविधान भारत र चीनको लागि नभएको बताउ“दै संविधानमा कसैको विरुद्धमा उल्लेख नगरेको स्पष्ट पारे । ‘छिमेकीको गतिविधिमा देश संक्रमण कालिन अवस्था पैदा भएकोले परिस्थिती निर्माणमा समान धारणा हुनुपर्ने बताउ“दै महासचिव पोखरेलले भने–‘संविधान जारी भैसकेको छ तर पूर्णता प्राप्त अझै नभैसकेकोले संविधान संशोधनबाट थप जायज बिषयलाई समावेश गरी अघि बढ्न सकिने बताए । 
उनले तराईमा भइरहेको आन्दोलनको मागलाई सम्वाद र छलफल मार्फत हल गरेर जान सकिने र समानुपातिक प्रतिनिधित्वको कुरा नभएमा सिमाङ्कनबाट जानु पर्ने बताए । मधेशी मोर्चासंग राजनीतिक सम्वाद भइरहेको र यस अवस्थामा सामाजिक सद्भाव र एकता खल्बलिने कृयाकलाप गर्न नहुनेमा जोड दिए । उनले छिमेकी भारतले चित्त नबुझेको कुरा प्रष्ट पार्नुपर्ने बताए । नेपालका राजनीतिक दलहरुले दूरदृष्टिको परिणामबाट काम गर्न नसक्दा देशले ठूलो समस्या भोग्नुपरेको उनको भनाइ रहेको थियो । प्रेस चौतारी मकवानपुरका अध्यक्ष शिवकुमार काशीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका नेताहरु मुकुन्द न्यौपाने, केदार न्यौपाने, विरोध खतिवडा, अनन्त पौडेल, रामचन्द्र राईलगायतको उपस्थिती थियो ।
Powered by Blogger.