‘कहा“ छ सरकार ?’
राजधानीलगायत देशका विभिन्न स्थानमा ग्यास अभावले उपभोक्ता मारमा परेका छन् । दुई महिना भन्द बढी समयदेखि ग्यास अभाव हुँदा सर्वसाधारणको घरमा चुल्हो बल्न सकिरहेको छैन । तराई मधेस आन्दोलनका कारण ग्यास आपूर्ति सहज हुन नसक्दा सर्वसाधारणले कष्ट भोग्नु परिरहेको स्थिति छ । जनताको दैनिक जीवन कष्टकर बनिरहँदा सरकारले कुनै ठोस पहल गर्न सकिरहेको छैन । ग्यास आपूर्ति सहज हुने आश गर्दागर्दै उपभोक्ता निराश भइसकेका छन् । राजधानीलगायत देशका विभिन्न स्थानमा ग्यासको हाहाकार सुरू भइसकेको छ भने होटलहरुमा समेत खाना÷खाजा बन्द हुनेक्रम बढ्दै गइरहेको छ । तर, उपभोक्ताहरु घन्टौँ लाइनमा बस्दा पनि ग्यास नपाएर फर्किन बाध्य भइरहेका छन् ।
ग्याँस उद्योगीले सर्वसाधारण उपभोक्तालाई ग्यास बाँड्ने प्रलोभन देखाएर दिनभर लाइन बस्न लगाएर ग्यासको कालोबजारी गरी ठूला होटल र रिसोर्टहरुलाई बिक्रीवितरण गरिएको सञ्चारमाध्यममा सार्वजनिक भएको छ । काठमाडौँमा रहेका एक दर्जन ग्यास उद्योगमा उपभोक्तालाई वितरण गर्ने गरी २० वटा बुलेट राजधानी भित्रिएको थियो । उपभोक्तालाई सिलिन्डरको आधा अर्थात् ७.१ किलो ग्यास भरेर बाँड्ने निर्णय गरिए पनि उद्योगहरुले रातारात अरबौँ कमाउने धन्दामा लागेको घटना बाहिर आएको छ । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले उद्योगीहरुको कालो बजारीका कारण उपभोक्ताले ग्यास पाउन नसकको पुष्टि गरिसकेको छ । निरन्तरको आन्दोलन र नाकाबन्दीका कारण आमसर्वसाधारणको जनजीवन असहज बनिरहेको सन्दर्भमा उद्योग सञ्चालनका नाममा खुलेआम लुट मच्चाउने गिरोहलाई निरीह सरकारले केही गर्न सकेको छैन । उपभोक्ताका लागि प्रतिसिलिन्डर १४ सय रूपैयाँ पर्ने ग्यासलाई १० हजार रूपैयाँसम्ममा उद्योगीबाटै बिक्री गरिएको खुलासा हुनुले नेपालमा उद्योगीका नाममा कस्ता लुटेरा सक्रिय छन् भन्ने प्रमाणित हुन्छ । मुलुकको विषम परिस्थितिमा समेत मौकाको फाइदा उठाउँदै उपभोक्तालाई बिक्री गर्नुपर्ने ग्यास कालोबजारी हुनु दुर्भाग्य हो । यतिखेर कालोबजारी गर्नेहरुलाई सरकारले नै प्रश्रय दिइरहेको छ । कोटाअनुसार सबै उपभोक्तालाई सहज रुपमा वितरण गर्नुपर्ने ग्यास उद्योगबाट अन्यत्रै बिक्रीवितरण हुनुले गम्भीर आशंकासमेत जन्माएको छ । महँगो मूल्य तिर्न सक्ने तारे होटल तथा रिसोर्टहरुमा उद्योगी आफैँले ढुवानी गरिदिनेसम्मको रवैयाले आमसर्वसाधारण आक्रोशित बन्न पुगेका छन् । जनताको घरमा चुल्हो नबल्ने अवस्था आउँदासमेत सरकारले जनजीवन सहज बनाउनेतर्फ कुनै पहल गर्न सकेको छैन । संकटका बेला राज्यका कुनै निकायको मिलेमतोविना अरबौँ रूपैयाँ लुट्ने धन्दामा उद्योगीहरु मात्र संलग्न छन् भनेर विश्वास गर्ने ठाउँ देखिएको छैन ।
सरकार उपभोक्ताको हितविपरीत छैन भने उपभोक्तामारा उद्योगीविरूद्ध तत्काल छानबिन गरी दोषीमाथि कारबाही गरिनुपर्छ । कालोबजारी गर्ने उद्योगीका कारण केही इमानदार उद्योगीमाथि पनि कलंकको टीका लागेको छ, यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्छ । अहिले जनताले सरकारसँग ठूलो अपेक्षा गरेका छैनन् । सरकारले जनताको न्युनतम आवश्यकता पुरा गरी आप्mनो अभिभारा पुरा गरोस् । वर्तमान परिस्थितिमा सहज रुपमा ग्याँस आपूर्ति गरेर जनताको घरमा चुल्हो बल्ने वातावरण बनाउन सकेमात्र ‘कहाँ छ सरकार ?’ भन्ने प्रश्नको सही जवाफ मिल्ने थियो की ?