Header Ads


हेटौँडा जेसीजको सप्ताह शुरु, ४३ जनाले गरे रक्तदान

हेटौँडा, १७ कात्तिक÷हेटौंडा जेसीजको जेसीज सप्ताह सुरु भएको छ । जेसीज सप्ताहको पहिलो दिन मङ्गलबार मनहरी बजारमा रक्तदान कार्यक्रम भएको छ । नाकाबन्दी र तराई आन्दोलनका कारण पछिल्लो समय रगतको अभाव भएको भन्दै जेसीज सप्ताह रक्तदान कार्यक्रमबाट सुरु गरिएको अध्यक्ष  दीपकराज मिश्रले जानकारी दिए । 
मनहरी बजारमा बिहान भएको रक्तदानमा ४३ जनाले रगत दिएका छन् । रक्तदान कार्यक्रमका संयोजक एक्सन रिजालको संयोजकत्व एवम् जेसीज अध्यक्ष मिश्रको अध्यक्षतामा भएको रक्तदानमा मनहरी गाविस सचिव मिनराज कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो । गाविस सचिव कोइरालाले सामाजिक सेवामा कृयाशिल रहेका धेरै संस्थाहरु बजार केन्द्रीत भैरहेको अवस्थामा हेटौंडा जेसीज रक्तदान कार्यक्रमको लागि मनहरी सम्म आएकोमा खुसी व्यक्त गरे । उनले जेसीज जस्ता सामाजिक संस्था ग्रामीण क्षेत्र केन्द्रीत हुनुपर्ने सुझाव दिए । रक्तदान कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघ पश्चिमी क्षेत्र सभापति गोविन्द रिजाल, नेपाल रेडक्रस सोसाइटी मनहरी उपसभापति भुवनकुमार जोशी, बसामाडी जेसीज अध्यक्ष बिष्णुहरि पण्डित, रक्त सञ्चार केन्द्र हेटौंडाका प्रतिनिधी बिष्णु रिमाल, जेसीज सप्ताह मूल कार्यक्रम संयोजक सन्देश डिसीलगायतले मन्तव्य व्यक्त गरेका थिए । 
जेसीज सप्ताह अन्तर्गत १८ गते बिहान हेटौंडाको बुद्धचोकबाट साइक्लिङ च्यालेन्ज, दिउँसो जेसीज सचिवालयमा ‘समृद्ध समाज निर्माणको लागि उद्यमशिल युवा नागरिक’ बिषयक अन्तर जेसीज वक्तृत्वकला रहेको छ । यस्तै १९ गते बिहान क्याम्पाडाँडा चौरमा पत्रकार र हेटौंडा जेसीजको बीचमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता, दिउँसो शङ्करज्योति प्रावि हेटौंडा–११ मा पुस्तक तथा शैक्षिक सामाग्री वितरण, २० गते बिहान सीमाचोकमा स्लो मोटरसाइकल दौड र दिउूसो जेसीज सचिवालय कर्रामा जेसीज सप्ताह कार्यक्रम समापन एवम् पुरस्कार वितरण कार्यक्रम रहेको मूल कार्यक्रम संयोजक डिसीले जानकारी दिए । 
Powered by Blogger.