रोट¥याक्ट सदस्यलाई तालिम
हेटौँडा, १७ कात्तिक/प्रस्तावित रोट¥याक्ट क्लव अफ मकवानपुरले सदस्यको लागि मङ्गलबार तालिमको आयोजना गरेको छ ।
रोटरी क्लव अफ मकवानपुरको मातृत्वमा स्थपना भएको रोट¥याक्ट क्लवले यसको काम, कर्तव्य र अधिकार एवम् क्लवमा आबद्ध रहेका सदस्यलाई क्लवको बिषयमा विस्तृतमा जानकारी दिने उद्देश्यका साथ तालिमको आयोजना गरेको हो । ‘सामान्य छलफल पश्चात रोट¥याक्ट क्लव अफ मकवानपुरको गठन त भयो तर धेरैलाई यसको काम, कर्तव्य र अधिकारको बिषयमा थाहा छैन, रोट¥याक्ट क्लव भनेको के हो भन्ने नै थाहा छैन’, क्लव अध्यक्ष गणेश दर्पण अधिकारीले भने, ‘संस्थाको बिषयमा जानकारी दिन र हामीले गर्ने काम र निर्वाह गर्नुपर्ने भूमिकाको बिषयमा जानकारी लिने उद्येश्यले तालिमको आयोजना गरिएको हो ।
तालिममा रोटरी डिष्ट्रक ३२९२ टेनिङ कमिटी चिफ सन्तोष रिजाल र रोटरी डिष्ट्रक ३२९२ का डिष्ट्रिक
सेक्रेटरी चिन्तामणि भट्टराईले रोट¥याक्ट क्लवको बिषयमा जानकारी गराएका थिए । उक्त कार्यक्रममा बोल्दै रोट¥याक्ट क्लवको मातृशाखा रोटरी क्लव अफ मकवानपुरका अध्यक्ष ज्ञानकृष्ण प्रजापतिले रोट¥याक्ट क्लवले गर्ने कृयाकलाप रोटरी क्लवसंग समेत सम्बन्धित हुने भएकोले असल कार्य गर्नका लागि सुझाव
दिए ।
दिए ।
उनले सकारात्मक कार्यको लागि रोट¥याक्टलाई रोटरीको संधै साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।
रोट¥याक्ट क्लव सदस्य केशव समर्पण सुवेदीले सञ्चालन गरेको कार्यक्रममा क्लव उपाध्यक्ष मनिषमान श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

