मुनु बनिन् एमाले मकवानपुरको अध्यक्ष
हेटौँडा, १३ मंसिर/नेकपा एमाले मकवानपुरको अध्यक्षमा मुनु सिग्देल निर्वाचित भइन् ।
चार बर्षीय कार्यकालको लागि नया“ नेतृत्व चयन गर्न भएको शनिबार र आइतबार भएको दशौं जिल्ला अधिवेशनबाट उनी मकवानपुरको पहिलो र देशमा दोस्रो महिला अध्यक्ष बन्न सफल भएकी हुन् । अध्यक्षका अर्का उम्मेदवार रघुनाथ खुलाललाई जम्मा एक मतअन्तरले हराउ“दै सिग्देल अध्यक्षमा निर्वाचित भएकी हुन् ।
सिग्देलले २ सय १३ मत प्राप्त गरेकी हुन भने उनको प्रतिस्पर्धी खुलालले २ सय १२ मत प्राप्त गरे । लामो समय एमाले राजनीतिमा सक्रिय सिग्देल यसअघि अध्यक्षमा पराजित भएकी थिइन् । त्यसबखत उनलाई रामेश्वर रानाले हराएका थिए । अध्यक्षमा निर्वाचित भएपछि प्रतिक्रिया दि“दै उनले पार्टीलाई एकढिक्का बनाएर अघि बढ्ने बताइन् ।
‘चुनाव भनेको लोकतान्त्रिक प्रक्रिया हो, यसमा जितहार हुनु स्वभाविक हो’, सिग्देलले भनिन्, ‘यो अवस्थामा केही साथीहरुले रघुजीलाई सहयोग गरे होलान्, केही साथीले मलाई सहयोग गरे, ज–जसले जसलाई सहयोग गरेपनि सबै प्रतिनिधीलाई धन्यवाद दिन चाहन्छु ।’ उनले पार्टीले दिएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने र त्यसका लागि सबैलाई समेटेर अघि बढ्ने दोहो¥याइन । ‘पार्टीको नीति, सिद्धान्त र विचार अनुसार अगाडि बढ्नेछु, पराजित भएका साथीहरुलाई पनि समेट्ने मेरो प्रतिबद्धता हो‘, अध्यक्ष सिग्देलले भनिन् ।
२०३७ सालदेखि विद्यार्थी राजनीति सुरु गरेका उनी पञ्चायत र राजतन्त्रविरुद्धका आन्दोलनमा सक्रिय सहभागी रहेकी थिइन् । मकवानपुर अखिलमा दुई कार्यकाल नेतृत्व लिएकी सिग्देल अखिल नेपाल महिला संघको कार्यालय सचिव, कोषाध्यक्ष, सचिव हु“दै पार्टी जिल्ला कमिटीमा आइपुगेकी हुन् । यो उनको पार्टीमा चौथो कार्यकाल हो । यस्तै उपाध्यक्षमा बद्री लम्सालले सांसद् राजाराम स्यांतानलाई ६५ मत अन्तरले पराजित गरेका छन् । लम्सालले २ सय ४२ र स्यांतानले एक सय ७७ मत प्राप्त गरेका हुन् । मकवानपुर क्षेत्र नम्बर ४ बाट संविधानसभामा प्रतिनिधित्व गरेका सांसद् स्याङ्तान यसअघिको जिल्ला सम्मेलनमा जिल्ला कमिटी सदस्यमा समेत हारेका थिए । यस्तै सचिवमा एकालाल श्रेष्ठ २ सय ३६ मत ल्याई विजयी भएका छन् भने उनको प्रतिद्धन्द्धी विष्णु ढकालले एक सय ८८ मत प्राप्त गरे । उपसचिवमा मिना लामा २ सय १४ मत ल्याई विजयी हु“दा उनको प्रतिद्धन्द्धी पार्वती रानाले एक सय ९९ मत प्राप्त गरिन् । अधिवेशनमा कुल ४ सय ३७ मतदाता रहेकोमा ४ सय ३१ मत मात्र खसेको थियो ।
निर्वाचनबाट खुला जिल्ला कमिटी सदस्यतर्फ दशजनालाई चयन गरेको छ । ३२ जनाको उमेदवारी परेकोमा श्रीधर पोखरेल (२३९), अणराज जर्गामगर (२३०), गोपालबहादुर श्रेष्ठ (२१५), नविन सिग्देल (२११), हरिबहादुर महत (२११), इन्द्र नेपाल (१७९), राजाराम स्याङ्तान (१७०), बिष्णप्रसाद ढकाल (१६५), तिलककुमार अधिकारी (१६५) र गणेशबहादुर बिक रसाईली (१६५) निर्वाचित भए ।
क्षेत्र नम्बर–१ खुला सदस्यतर्फ कमल बिष्ट (२२८) र अनिल बानियाँ (२०१), खुला जनजातितर्फ खेमराज जर्गामगर (२१८), खुलासदस्य महिलातर्फ मीना रुपाखेती (२३८), बैकल्पिक सदस्यतर्फ (२४०), बैकल्पिक महिला सदस्यतर्फ सुमित्रा राई (२०६) मत प्राप्त गर्दै विजयी भएका छन् । क्षेत्र नम्बर–२ खुला सदस्यतर्फ हिदम लामा (२५२) र रामचन्द्र बल (२०२), खुलासदस्य जनजातितर्फ बुद्धरत्न मानन्धर (२१७), खुला महिला सदस्यतर्फ ठुली गोले (२२७), बैकल्पिक सदस्यमा इश्वर रुम्बा (२११) निर्वाचत भए ।
क्षेत्र नम्बर ३ बाट खुला सदस्यतर्फ ईश्वर ढुंगाना (२२६), फुर्वा दार्जे लामा (२२१), खुला सदस्य महिलामा
गणेशकुमारी श्रेष्ठ (२५९), खुला सदस्य जनजातितर्फ सुनिल मोक्तान (२६६) र बैकल्पिक सदस्यमा राजन थापा (११८) निर्वाचित भएको निर्वाचन प्रमुख बलबिर चौधरीले जानकारी दिए ।
निर्वाचन प्रमुख चौधरीका अनुसार क्षेत्र नम्बर–४ खुला सदस्यतर्फ लालबहादुर थापा (२२८) र नवराज सुवेदी (२२१) खुला सदस्य जनजातितर्फ कल्याणबिक्रम घलान (२१७), बैकल्पिक खुला सदस्य टंकबहादुर मुक्तान (२१८) विजयी भएका छन् । खुला सदस्य जनजातितर्फ शंकरबहादुर राई (२६५), गोविन्दराम चेपाङ (२२१), गौतमबुद्ध लामा (२२१) र दलबहादुर वाईबा (२०४) मत प्राप्त गरी विजयी भए ।
खुला सदस्य जनजाति महिलातर्फ जुनेली श्रेष्ठ (२३९), बैकल्पिक सदस्य जनजातितर्फ गौतम लामा (२०५), प्रेमबहादुर डिम्डुङ (१८९), खुला सदस्य महिला तर्फ आरती पाठक (२३७), भगवती पुडासैनी (२२४), गायत्री सुवेदी (२१३), पदमा पौडेल (१९७) र सुमित्रा काफ्ले
पराजुली (१८५) मत प्राप्त गरी विजयी भइन् । बैकल्पिक महिला सदस्यतर्फ सुन्तली प्रजा (२३९) र चन्द्रकान्ता श्रेष्ठ (२२९) मत प्राप्त गरी विजयीहुँदा खुला सदस्य दलिततर्फ शर्मीला बिक (१८१), बिष्णु परियार (१७०) मत प्राप्त गरी विजयी भए । निर्वाचन कमिटीतर्फ अध्यक्षमा मदनकुमार दाहाल (२०४), निर्वाचन कमिटी सचिवमा खेमराज सापकोटा (२१३), सदस्यमा रामप्रसाद न्यौपाने (२५६), रामशरण गौतम (२३०), देबेन्द्र कोइराला (२२१) र पदमबहादुर बिकल (२०७) मत प्राप्त गरी विजयी भए ।
लेखापरीक्षण कमिटीतर्फ उपाध्यक्षमा किशोरकुमार टण्डन (१८७) र सचिव हिमप्रसाद पौडेल (१९२) तथा सदस्यहरुमा टीएन ढुंगेल (२१२), लक्ष्मी रिमाल (१८९), चन्द्रलाल मोक्तान (१६६), यमबहादुर सिलवाल (१६०) मत प्राप्त गरी विजियी भएका छन् । सम्मेलनले १५ जनालाई विभिन्न पद्मा निर्विरोध निर्वाचित गरेको छ । सम्मेलनले लेखा परीक्षण कमिटी अध्यक्षमा टीपी रुपाखेती, निर्वाचन कमिटी उपाध्यक्षमा हरिहर खनाल, खुला सदस्य महिला क्षेत्र नम्बर–४ बच्चिमाया नेगी, खुला सदस्य दलित महिला उमा सुनार, खुला सदस्य मजदुर अर्जनुप्रसाद ढुंगेल, बलराम फुयाँल, मधुसूदन खतिवडा, सदस्य महिला मजदुरमा गीता कार्की, खुला सदस्य पेशागत आरके शर्मा र सार्दुल शर्मा, बैकल्पिक महिला सदस्य क्षेत्र नम्बर–२ पञ्चमाया स्याङ्तान, बैकल्पिक महिला सदस्य क्षेत्र नम्बर–३ मञ्जुकमारी थिङ, बैकल्पिक महिला सदस्य क्षेत्र नम्बर–४ चन्द्रकुमारी भुषाल, बैकल्पिक सदस्य मजदुर मणिप्रसाद पाठक र लालकृष्ण प्याकुरेल छन् । निर्वाचित पदाधिकारीलाई प्रमुख निर्वाचन अधिकृत बलबिर चौधरीले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।
