सुरक्षित सहकारीको अध्यक्षमा अर्याल
हेटौँडा, २६मंसिर/सुरक्षित बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा नवराज अर्याल चयन भएका छन् ।
शनिबार भएको सहकारीको चौथो र पाँचौँ वार्षिक साधारण सभाबाट अर्याललाई सर्वसम्मत रुपमा चयन गरीएको हो । त्यसैगरी सहकारीको सचिवमा छतेन्द्र आचार्य, कोषाध्यक्षमा रञ्जना महर्जन निर्विरोध निर्वाचित भएका छन् भने सदस्यहरुमा हरि कोइराला, बद्रीनाथ शर्मा, पवी शर्मा, केन्द्रगोविन्द जोशी चयन भएका छन् ।
सहकारीको लेखा समिती संयोजकमा शंकर प्रसाद अधिकारी र सदस्यमा लक्ष्मीकान्त अधिकारी र मुनु श्रेष्ठ चयन भएका छन् ।शनिबार भएको सहकारीको कार्यवाहाक अध्यक्ष सारिका देवी बरालको सभाध्यक्षतामा भएको कार्यक्रममा डिभिजन सहकारी कार्यालयका प्रमुख तिलकराम पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै पोखरेलले सहकारीको माप दण्ड अध्ययन गरी सहकारी सञ्चालन गर्नुपर्ने
बताए । उनले डिभिजन सहकारी सँग समन्वय गरी सहकारीहरुले अघि बढ्नुपर्ने बताए । कार्यक्रममा सञ्चालक समितिको तर्फबाट कार्यवाहाक अध्यक्ष बरालले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । उनीले आर्थिक वर्ष २०७०÷०७१ र २०७१÷०७२ मा संस्थाको कारोबार सन्तोषजनक रुपमा सञ्चालन हुन नसकी घाटामा रहेको बताइन् । गत वर्ष संस्थाको चौथो साधारण सभा आह्वान २ पटक गर्दा पनि शेयर सदस्यको आवश्यक रुपमा उपस्थिति हुन नसकेकोले शनिबार चौथो र पाँचौँ साधारण सभाको आयोजना गरीएको बरालको भनाइ रहेको छ । ८ लाख ४ हजार शेयर पूँजी रहेको संस्थाले बचततर्फ ८ लाख ५७ हजार रुपैयाँ रहेको र कर्जा ६ लाख २० हजार रहेको उनीले बताइन् । सहकारीका कोषाध्यक्ष रञ्जना महर्जनले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । दुई सय शेयर सदस्य रहेको संस्थाले बचततर्फ २ करोड र कर्जातर्फ १ करोड ८० लाख रहेको महर्जनले बताइन् । कार्यक्रममा अल्पाइन डेभल्पमेन्ट बैंकका कार्यकारी अधिकृत सुदर्शन प्रसाद अधिकारी, शेयरसदस्य लगायतको सहभागिता रहेको थियो ।