बस्तीपुर जेसीजमा बर्तौला अध्यक्ष
बर्ष–२०१६ का लागि जेसीजको पाचौ बार्षिक साधारणसभाले आइतबार बर्तौलाको नेतृत्वमा सर्वसम्मत नया“ कार्यसमिति चयन गरेको हो । जेसीजको कार्यकारिणि उपाध्यक्षमा सुनिल अधिकारी र अर्जुन केसी तथा उपाध्यक्षमा रवि कंडेल शर्मा, गणेशदर्पण अधिकारी, प्रकाश थोकर र रमिला घलानलाई चयन गरेको निर्वाचन आयुक्त बसन्तकुमार सिटौलाले जानकारी दिए ।
शनिबार भएको साधारणसभामा अध्यक्षका लागि चारजना, कार्यकारिणी उपाध्यक्षमा पा“चजना र उपाध्यक्षमा आठजनाले उम्मेदवारी दर्ता गराएको भएपनि अन्तिममा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको हो । सर्वसम्मतिको निम्ति संस्थापक अध्यक्ष गणेश भेटवाल, पूर्व अध्यक्ष दीपेन्द्रकुमार बर्तौला, निर्वाचन आयुक्त बसन्तकुमार सिटौला र बर्ष–२०१५ का अध्यक्ष प्रेमप्रसाद बोलखेलगायतले महत्वपूर्ण भूमिका खेलेका थिए । अध्यक्षमा चयन भएपश्चात बर्तौलाले ५० हजार रुपैंयाको अक्षयकोष स्थापना गरी हा“डीखोला र बसामाडीका गरिब, जेहेन्दार र पिछडिएका समुदायका विद्यार्थीलाई पढाईमा सहयोग गरिने घोषणा गरे ।
उनले आफ्नो कार्यकालमा अधुरो अवस्थामा रहेको जेसीज भवनलाई पूर्णता दिने, जेसीज सदस्यको नेतृत्व र व्यक्तित्व विकासको निम्ति तालिमको आयोजना गर्ने, जेसीजमा युवाको आकर्षण बढाउन विभिन्न सामाजिक कृयाकलाप गर्ने बताए । अध्यक्ष बर्तौैलाले जेसीजमा आबद्ध सबै सदस्यलाई सामाजिक कार्यमा सकृय गराउ“दै एक ढिक्का भएर अघि बढाउने प्रतिबद्धता जनाए । कार्यकारिणी उपाध्यक्ष अधिकारी र केसीले पनि अध्यक्ष बर्तौलाले घोषणा गरेको अक्षयकोषमा आफ्नो तर्फबाट १५÷१५ हजार रुपैंया अक्षयकोषमा जम्मा गर्ने प्रतिबद्धता जनाए ।
