Header Ads


नया शक्ति निटकको स्वास्थ्य विभागमा चौलागाईं सेक्युरिटीमा भाञ्जा

हेटौँडा, २४पुस/पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नया“ शक्ति सम्बद्ध नेपाल समाजवादी टेड युनियन महासंघको प्रथम राष्ट्रिय भेलाबाट मकवानपुरका दुईजनाले केन्द्रीय संयोजकको जिम्मा पाएका
छन् ।
बिहीबार र शुक्रबार काठमाण्डौंमा भएको केन्द्रीय भेलाले मकवानपुरका उत्सव चौलागाईंलाई स्वास्थ्य विभाग तर्फको केन्द्रीय संयोजक र रामशरण घिमिरे ‘भाञ्जा’ लाई सेक्युरिटी मजदुर संघको संगठन विभाग प्रमुखको जिम्मा दिएको हो । ‘नया“ युग नया“ विचार नया“ युक्ति, अधिकार र सम्बृद्धिका लागि मजदुर शक्ति’ भन्ने मूल नाराका साथ भएको भेलाले लालध्वज कर्णको संयोजकत्वमा एकसय १३ सदस्यीय समाजवादी टे«ड युनियन महासंघ केन्द्रीय समिति चयन गरेको हो । चौलागाईं र घिमिरेलाई टे«ड युनियनको केन्द्रीय सचिवालय समितिको समेत जिम्मा दिइएको छ । स्वास्थ्य विभाग तर्फका संयोजक चयन भएका चौलागाईंले नेपालमा नया“ शक्तिको आवश्यक रहेको तर्क गर्दै स्वास्थ्य क्षेत्रको समस्या हल गर्ने कार्यमा सबैलाई समेटेर अघि बढ्ने बताए । ‘राज्यको तर्फबाट निशुल्क दिने भनिएको औषधि र खोप समेत निशुल्क नपाइरहेको अवस्था छ’, उनले भने, ‘सर्वसाधारण जनताको सहज स्वास्थ्य सेवा प्राप्तिको लागि हामी संघर्ष गर्नेर्छौ ।’ यस्तै सेक्युरिटी मजदुर संघको संगठन विभाग प्रमुखको जिम्मेवारी पाएका भाञ्जाले नया“ ढङ्गबाट मजदुरको हकअधिकार प्राप्तिको लडाई लड्ने बताए ।
Powered by Blogger.