Header Ads


अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपमा घरेलु टोलीको तयारी सुरु

हेटौँडा,२९पुस/आगामी फागुन १ गतेबाट हेटौंडामा हुने गरी तयारी थालिएको अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हुने घरेलु टोलीका लागि प्रशिक्षक र सहायक प्रशिक्षक तोकिएको छ ।
आयोजक सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको विहीबार बसेको बैठकले घरेलु टोलीका मुख्य प्रशिक्षकमा अखिल नेपाल फुटबल संघ (एन्फा) मकवानपुरका प्रशिक्षक विजयलाल श्रेष्ठलाई र सहायक प्रशिक्षकमा पिप्ले युथ एकेडेमीका प्रशिक्षक सुविन घिमिरेलाई जिम्मेवारी दिइएको छ ।
घरेलु टोलीका लागि आवश्यक खेलाडी छनौट गरी श्रेष्ठ नेतृत्वको प्रशिक्षण टोलीले प्रतियोगितामा सहभागी हुने घरेलु टोली तयार गर्नेछ । ‘घरेलु टोली तयार पार्ने जिम्मेवारी पाउ“दा असाध्यै खुशी लागेको प्रतिक्रिया दि“दै प्रशिक्षक श्रेष्ठले खुशीसंगै जिम्मेवारी समेत थपिएको बताए । ‘जिम्मेवारी अनुसार जिल्लामा भएका खेलाडीलाई पहिलो प्राथमिकतामा राख्दै प्रतियोगिताको उपाधि जित्ने गरी टोली तयार पार्नेछु’, प्रशिक्षक श्रेष्ठ भने, ‘यहि आइतबारबाटै खेलाडी छनौट कार्य सुरु गर्नेछु ।’
फागुन १ गतेदेखि ८ गतेसम्म हुने प्रतियोगितामा भारत, भुटान र नेपालका चर्चित ‘ए’ डिभिजन क्लबहरुले सहभागिता जनाउनेछन् । भूकम्पमा परी काठमाडौंमा निधन भएका मकवानपुरे खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा मंसिर २६ गतेदेखि पुस ४ गतेसम्म गर्ने भनिएपनि नाकाबन्दीका कारण खेल स्थगित गरिएको थियो ।
Powered by Blogger.