भीमफेदीका घिसिङ एमाओवादीमा
हेटौँडा,१८पुस/एकीकृत नेकपा माओवादी निकटको अखिल क्रान्तिकारीको वडा वडामा संगठन विस्तार अभियान अन्तर्गत शनिबार हेटौंडा उपमहानगरपालिकाको २२ नम्बर वडामा क्रान्तिकारीको वडा कमिटी गठन भएको छ ।
दीपा दाहाल अध्यक्ष रहनेगरी निर्माण गरिएको २१ सदस्यीय वडा कमिटीको उपाध्यक्षमा उज्वल लुईंटेल, सचिव संगीता तिमल्सिना, सहसचिव विना राई र कोषाध्यक्षमा सीता तिमल्सिना रहेका छन् । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रदीप अर्यालको प्रमुख आतिथ्यतामा भएको संगठन विस्तार कार्यमा माओवादीका स्थानीय नेता र अखिल क्रान्तिकारीका नेताहरुले मन्तव्य व्यक्त गरेका थिए ।
यसैगरी मकवानपुरको भीमफेदीका स्थानीय समाजसेवी सनतसिंह घिसिङ एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका छन् । शनिबार भएको पार्टी प्रवेश कार्यक्रमबाट उनीसहित केही स्थानीय माअोवादीमा प्रवेश गरेका हुन् ।
घिसिङलाई शनिबारबाटै पार्टीको ४ नम्बर वडाको सेक्रेटरीको जिम्मा दिइएको माओवादीले जनाएको छ । वेदबहादुर स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रदीप अर्यालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा पार्टी भीमफेदी सचिव रञ्जित राना मगर, शिक्षक संगठनका जिल्ला सदस्य देवराज देवकोटा, जनस्वास्थ्य संगठनका जिल्ला सचिव रामनाथ थिङ, अखिल क्रान्तिकारीका भीमफेदी अध्यक्ष जस्मिना सुनारी, भीमफेदी स्कुल क्रान्तिकारी अध्यक्ष मनिषा लामालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
