पत्रकार भोम्जनको परिवारलाई महासंघद्धारा दुईलाख प्रदान
परिवारलाई नेपाल पत्रकार महासंघले दुई लाख रुपैया“ सहयोग गरेको छ ।
अन्तराष्ट्रिय पत्रकार महासंघ (आइएफजे) को समेत सहयोगमा महासंघका अध्यक्ष डा.महेन्द्र विष्टको नेतृत्वमा हेटौंडा आएको पत्रकार महासंघको टोलीले पत्रकार भोम्जनको आमा विमला लामालाई दुईलाख रुपैंयाको चेक हस्तान्तरण गरेको हो ।
चेक हस्तान्तरण गर्दै महासंघ अध्यक्ष विष्टले महासंघको तर्फबाट भोम्जन परिवारलाई आवश्यक सहयोग गर्न तयार रहेको बताए । ‘भूकम्पले सुमनलाई लगेपछि हाम्रो कोही छैन, साहारविहीन भयौ“ भन्ने नसोच्नुहोला’, अध्यक्ष बिष्टले भने, ‘हामी तपाईंहरुसंगै छौ“ ।
हामी एउटै परिवार हौं, हामी एकै ठाउ“मा छौं भन्ने सन्देश दिनका लागि पनि यो सहयोग गरेका हौं ।’ पत्रकार महासंघले दिएको दुईलाख रुपैंयाले यसले केही न केही भरथेग हुने विश्वास लि“दै उनले आवश्यक सहयोग गर्न कुनैपनि बेला तयार हुने बताए ।
पत्रकारहरुको कमजोर आर्थिक अवस्थाका कारण पनि यस्ता घटनाहरु भैरहेको स्वीकार गर्दै डा. बिष्टले विपदका समयमा तथा अन्य समयमा पनि पत्रकार हकहितका लागि के गर्न सकिन्छ भन्ने सोच बनाइरहेको जानकारी दिए । उनले सुमन भोम्जनले नेपाली पत्रकारितामा पु¥याएको योगदानलाई जीवन्त राख्नको निम्ति उनको नाममा पुरस्कार स्थापना गर्ने बताए ।
पत्रकार भोम्जनको आमा विमलाले पत्रकारहरुको आर्थिक अवस्था कमजोर भएकै कारण आफ्नो छोराको भूकम्पमा परी निधन भएको भन्दै पत्रकारको तलव बढाउन अनुरोध गरिन् । ‘पत्रकारको राम्रो सेलरी हुन्थ्यो भने मेरो छोरो राम्रो घरमा बस्थ्यो होला ।
पुरानो सस्तो घर खोजेर कोठामा बस्दैन थियो होला’, विमलाले रु“दै भनिन्, ‘मेरो छोराले जसरी अन्य कसैले
पत्रकारितामा लागेर आफ्नो अवस्था कमजोर भएकै कारण ज्यान गुमाउन नपरोस् । मेरो यत्ति अपेक्षा रहेको छ ।’ उनले यसो भनिरह“दा अध्यक्ष बिष्ट, कोषाध्यक्ष सूर्यमणि गौतम, केन्द्रीय सदस्य प्रकाश तिमल्सिना र दीपेन्द्र कु“वरसहितका पत्रकारहरु स्तब्ध बनेका थिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै महासंघका कोषाध्यक्ष सूर्यमणि गौतम, केन्द्रीय सदस्य प्रकाश तिमल्नििा, जिल्ला अध्यक्ष महेन्द्र श्रेष्ठलगायतले भोम्जन परिवारलाई आवश्यक सहयोग गर्न महासंघ तयार रहेको बताएका थिए । हेटौंडा–१० घर भै काठमाण्डौंमा रहेर पत्रकारिता गर्दै आएका भोम्जन गोरखापत्र संस्थानमा आबद्ध रही खेलकुद पत्रकारिता गर्दै आएका थिए ।
