Header Ads


सहकारीको बिषय संसदमा उठाउछु : पौडेल

हेटौँडा,२०पुस/सांसद् अनन्त पौडेलले सहकारीको ऐन, नियम र नीतिलाई पारदर्शिता दिलाउनको निम्ति सहकारीको समस्यालाई लिएर संसदमा आवाज उठाउने बताएका छन् ।
कृषि र पशु व्यवसाय प्राथमिकतामा नपरेको बताउदै सांसद् पौडेलले भने, ‘सहकारीको समस्यालाई लिएर अन्य सांसद्संग लभिङ गर्नेछु ।’ मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको २३ औ“ वार्षिक साधारणसभामा प्रमुख अतिथि रहेका पौडेलले मुलुकमा शिक्षित र दीक्षित भएको व्यक्तिले देशलाई गा“ठो कस्न खोजेकोले मुलुक गरिबीतिर धकेलिएको बताए । संघका अध्यक्ष बासुदेव अधिकारीको अध्यक्षता रहेको कार्यक्रममा उनले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उनले मकवानपुर जिल्लाका १० वटा गाविस र १ उपमहानगरपालिकाका ५४ वटा सदस्य संस्थाहरुबाट दैनिक २२ देखि २५ हजार लिटर दूधको कारोबार संघबाट भइरहेको बताए । आर्थिक वर्ष २०७२/०७३ मा एक गाउ“ एक पशु प्राविधिकको अवधारणलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न गराउन सरोकारवाला निकायमा पहल गरिने बताए । संघका व्यवस्थापक कुमारमणि दाहालले आर्थिक आय–व्यय विवरण प्रस्तुत गरेका थिए ।
गत आर्थिक वर्षमा ४ लाख ९० हजार शेयर पू“जी रहेको संघको आर्थिक वर्ष ०७१÷०७२ मा शेयर पू“जी ५ लाख ४० हजार रहेको दाहालले बताए । कार्यक्रममा केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले, डिभिजन सहकारी कार्यालयका प्रमुख तिलकराम पोखरेल, जिल्ला पशु सेवा कार्यालयका प्रमुख रामप्रकाश प्रधान, ओमवृद्धा आश्रमका अध्यक्ष वुद्धिप्रसाद पौडेल लगायतको आतिथ्यता रहेको थियो ।

पत्रकारसहित उत्कृष्ठलाई सम्मान 
हेटौँडा/जिल्ला दुग्ध उत्पादक सहकारी संघको साधारणसभाको अवसरमा संस्थाको गतिविधीलाई सञ्चार माध्यमबाट प्रकाशन गरी संस्थाको बृद्धि विकासमा अतुलनीय योगदान पु¥याएको भन्दै दुई पत्रकारलाई सम्मान गरेको छ ।
 सम्मानित हुनेमा यस प्रदेश दैनिकका संवाददाता सुजन ढकाल र हेटौ“डा सन्देश तथा हेटौ“डा एफएमका संवाददाता हरि हुमागाई रहेका छन् । दुवैजनालाई नगद सहित सम्मानपत्र प्रदान गरिएको थियो । यसैगरी बढी दूध विक्रि गर्ने संस्थाहरुतर्फ क्रमश प्रथम, द्वितीय र तृतीय भएका चेतनशील दुग्ध उत्पादक सहकारी संस्था, मनकामना दुग्ध उत्पादक सहकारी संस्था र नारायणी दुग्ध उत्पादक सहकारी संस्थालाई प्रमाणपत्र र पानस प्रदान गरिएको थियो । संस्थाले उच्च गुणस्तरको दूध विक्रि वितरण गरेको भन्दै सुप्रिम दुग्ध उत्पादक सहकारी संस्था, पावस दुग्ध उत्पादक सहकारी संस्था र बाराही दुग्ध उत्पादक सहकारी संस्थालाई समेत पुरस्कृत गरेको थियो । संस्थाले अङ्गारेश्वर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष दामोदर सुवेदीलाई कार्य समिति सदस्यको रुपमा सम्मान गरेको थियो भने संस्थाका व्यवस्थापक धनबहादुर अधिकारीलाई उत्कृष्ट व्यवस्थापक घोषणा गरी नगद सहित सम्मानपत्र प्रदान गरेको थियो ।
Powered by Blogger.