सहचालकको ज्यान गयो
हेटौँडा,१२माघ/सोमबार राति करिब १० बजेको समयमा हेटौंडाको हटियामा रहेको शिवम् सिमेण्टको गेट अगाडी दुईवटा ट्रक एक आपसमा ठोक्किँदा एक सहचालकको मृत्यु भएको छ ।
शिवम् सिमेण्टको गेट अगाडी ना ६ ख २९ नम्बरको ट्रक ‘ब्याक’ गर्ने क्रममा ना ६ ख २९ नम्बरको ट्रकसंग ठोक्किएर २९ नम्बरको ट्रकका सहचालक हटियाका करिब १८ बर्षीय अर्जुन रायमाझीको मृत्यु भएको हो । दुईवटा ट्रकको बीचमा चेपिएर घाइते भएका रायमाझीको उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको र अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
ट्रकका चालक हेटौंडा–८ कमानेका २८ बर्षीय बिष्णु खतिवडा र ट्रक जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेको छ ।
