Header Ads


नगर परिषद्को पूर्व सन्ध्यामा बाल भेला

हेटौँडा/हेटौडा उपमहानगरपालिकाको स्थानीय शासन तथा सामुदायिक विकाश कार्यक्रम अन्तर्गत नगर स्तरीय बालबालिकाको भेला भएको छ ।
नगर परिषद् पूर्व बालबालिकाद्धारा बालबालिकाको योजना छनौट गर्ने बालमैत्री स्थानीय शासन कार्यान्वय कार्यविधि–२०६८ अनुरुप बाल भेला गरिएको हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाको प्रमुख आतिथ्यतामा भएको बाल भेला कार्यक्रममा महिला तथा बालबालिका कार्यालयका प्रमुख शोभा शाह, नगर स्तरीय बाल क्लबका सचिव शसाड्ढ पण्डित, बालकल्याण समाजका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडा, हेटौडा उपमहानगरपालिका कार्यालयका महाशाखा प्रमुख शंकर उपाध्याय र भीम प्रसाद पौडेल, स्थानीय शासन तथा सामुदायिक विकाश कार्यक्रमका सतिष अर्याल, सामाजिक विकाश शाखा प्रमुख हिम शर्मा पौडेल र सिबिन नेपालको झबिन्द्र ज्ञवाली उपस्थिति रहेको थियो ।
 कार्यक्रममा बालबालिकाले नगरपालिकाको भावि कार्यक्रम बालश्रम बिरुद्ध, बाल बिबाह बिरुद्ध,, बाल उद्यान, सबै बालबालिकाले पढन पाउनुपर्ने, बाल पुस्तकालय, बालमैत्री बिद्यालय, जेब्राक्रसिङ, बाल सुलभ सुरक्षा, बाल यौन दुब्र्यबहार ‘बिरुद्ध, किशोरिलाई जीवन उपयोगी सीप, धुम्रपान र मध्यपान बिरुद्धको अभिभाबकलाई सचेतना, सुरक्षा शिक्षा बाल न्याय, बाल अधिकार र कर्तब्यको सबालमा कार्यक्रम सञ्ंचालन हुनुपर्ने माग राखेका थिए । 
बालकल्याण समाज र सिबिन नेपालको समन्वयमा भएको भेलामा स्थानीय शासन तथा सामुदायिक विकाश कार्यक्रमका सतिष अर्याल, बाल कल्याण समाजका प्रकाश खतिवडा र सिबिन नेपालका झबिन्द्र ज्ञवालीले सहजीकरण गरेका थिए ।
Powered by Blogger.