खाना महोत्सव सकियो
हेटौँडा,१८पुस/होटल एशोशिएसन मकवानपुरको आयोजनामा शुक्रबारबाट हेटौंडामा सुरु भएको सातौ“ सडक खाना महोत्सव सकिएको छ ।
अङ्ग्रेजी नया“ बर्षको अवसर प्रत्येक बर्ष सञ्चालन हु“दै आएको खाना महोत्सवको सातौ“ संस्करण शनिबार बेलुकाबाट सकिएको हो । भारतले गरेको नाकाबन्दीको कारण खाना महोत्सवमा बाहिरी जिल्लाबाट भने सोचे अनुरुपको दर्शक नआएको आयोजकको भनाई छ । दुईदिन मात्र भएपनि यहा“का सर्वसाधारणले खाना महोत्सवको माध्यमबाट दुःख भुल्दै रमाइलो गरेका छन् ।
महोत्सवमा स्थानीय कलाकारले आप्नो गीत, नाच तथा विभिन्न व्यङ्यात्मक प्रस्तुती प्रस्तुत गरेका थिए । खाना महोत्सवका सहभागीहरुले महोत्सव हालसम्म एउटै ढङ्गबाट चल्दै आएको भन्दै नया“ ढङ्गबाट अघि बढाउनुपर्ने बताएका छन् । प्राय होटल मै खाइरहेको परिकार मात्र सडक खाना महोत्सवमा उपलब्ध भएको भन्दै उनीहरुले ‘टिपिकल’ एवम् विभिन्न जातजाति र समुदायले खाने खानका परिकार समेत चाख्ने मौका दिनुपर्ने सुझाव दिएका छन् ।
‘सडकमा जाउ“, सडकमा खाउ“, सडकमै रामाऔ“’ भन्ने नाराका आयोजना भएको खाना महोत्सवमा सोचेजति मानिसको उपस्थिती नभएको आयोजकको भनाई छ । ४४ वटा स्टल राखिएको खाना महोत्सव सञ्चालनको निम्ति करिब सा“ढे चारलाख रुपैंया खर्च हुने र १५ लाख रुपैंया बराबरको कारोबार लक्ष्य राखिएको थियो ।
