Header Ads


बानियाँद्धारा विद्यार्थीलाई न्यानो पोशाक

हेटौँडा,७माघ/सांसद् इन्द्रबहादुर बानियाूले हेटौंडा–२२ साजबोटेमा रहेको महादेव प्राविका विद्यार्थीलाई न्यानो पोशाक सहयोग गरेका छन् । 
मकवानपुर क्षेत्र नम्बर १ बाट सांसद भएका बानियाँको सहयोगमा महादेव प्राविका विद्यार्थीले न्यानो पोशाक पाएका हुन् । सांसद बानियाँको ५० हजार रूपैयाँको सहयोगमा विद्यालयले न्यानो पोशाक खरिद गरी ८४ विद्यार्थीलाई हस्तान्तरण गरेको छ । स्थानीय समाजसेवी दामोदर सुवेदीको प्रमुख आतिथ्यता एवम् विद्यालयका अध्यक्ष गोपाल भोलनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस हेटौंडा–२२ सभापति उद्वब सत्याल, सचित थापा, प्रकाश पौडेललगायतले मन्तव्य गरेका थिए । 
न्यानो पोशाकको अभावमा जाडोबाट जोगिन समस्या परेका विपन्न जनजाति, चेपाङ र दलित बालबालिकालाई सांसद बानियाँको सहयोगले राहत महसुस भएको विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद देवकोटाले बताए ।
Powered by Blogger.