Header Ads


बज्रबाराहीका भूकम्प पीडित गृहमन्त्रालयमा

हेटौँडा,१२माघ/सरकारले भूकम्प पीडितका लागि सुरु गरेको न्यानो अभियान अन्तर्गत उत्तरी मकवानपुरको बज्रवाराहीका वास्तविक भूकम्प पीडितले रकम नपाएपछि बज्रबाराहीको एक टोली गृहमन्त्रालय पुगेको
छ । 
प्रमुख जिल्ला अधिकारीबाट समस्याको समाधान नहुने भन्दै उनीहरु मङ्गलबार गृहमन्त्रालय पुगेका हुन् । गृहमन्त्री शक्ति बस्नेत भेट्न गएका उनीहरुले मन्त्रीलाई भने भेट्न पाएनन् । ‘हाम्रो क्षेत्रमा तथ्याङ्क संकलन देखि नै समस्या छ’, टिस्टुङ बज्रबाराही नेवा ः पुचका संरक्षक समेत रहेका स्थानीय विनोद महर्जनले भने, ‘न्यानो कपडा किन्नका लागि सरकारले पठाएको पैसा पहु“चवालाहरुले हालीमुहाली गरेपछि बाध्य भएर पुचः कै नेतृत्वमा राजधानी आएका हौ“ ।’ 
गृहमन्त्रीको कार्यव्यस्तताले भेट्न नपाएका उनीहरुले सांसद् रामनारायण बिडारीलाई भेटेर समस्याको बिषयमा जानकारी गराएका छन् । ‘सिडिओ कार्यालय गएर सिडिओ भेट्नुको कुनै अर्थ नदेखेपछि सिधै काठमाण्डौं आएका हौ“’, उनले भने, ‘भूकम्प पीडितको बिषयमा आमसञ्चार माध्यममा समाचार 
आइरह“दा समेत कुनै पहलकदमी भएको छैन ।’ गत विहिवार वितरण गरिएको न्यानो कपडा वापतको रकम टहरामा बस्नेहरुले नपाएर घरमा बस्नेहरुले पाएको भन्दै स्थानीयले गुनासो गरेका छन् । दलीय भागबन्दा र मिलोमतोमा राहत वितरण गरिएको भन्दै उनीहरु आक्रोसित भएका छन् । 
सरकारी राहतले पीडामाथि झन पीडा थपेको स्थानीय गोमाया बलामीको भनाई छ । ‘हामी टहरामा बस्नेलाई दिने खालको पैसा हैन रहेछ क्यारे’, उनले भनिन्, ‘त्यहि भएर होला हामीले पाएनौ“, ढलान घरमा आनन्दले बसिरहेकाहरुले पाए । वडा कार्यालयले भने पूर्ण क्षति भएको कागजात हेरेर मात्रै रकम वितरण गरेको दावी गरेको छ । 
बज्रबाराहीमा भूकम्प पीडितको तथ्यांक संकलनमा व्यापक त्रुटी भएपनि स्थानीय प्रशासनले पुनः तथ्यांक संकलन गर्न चासो नदिएकाले वास्तविक भूकम्प पीडित झनै मारमा परहेको स्थानीयको भनाई छ । बज्रवाराहीका ५ वटा वडाका करिव तीनसय जना भन्दा बढीले तथ्याङ्क सच्याउनका लागि भन्दै निवेदन दर्ता गराए पनि अझै पुनः तथ्यांक संकलन हुन सकेको छैन । 
बज्रवाराही अन्तर्गत कुन्छाल, लिलाखेल, टसर लगायतका ठाउँहरु भूकम्पबाट बढी प्रभावित क्षेत्र हुन् । 
सरकारले यस अघि  पठाएको १५ हजार रुपैंया पनि यहाँ अझै वितरण गरिएको छैन । वडा कार्यालयले करिव ६ महिना अघि स्थानीयस्तरबाट उठाइएको करिव दुई लाख रुपैंया पनि अझै वितरण गरिएको छैन । थाहा नगरपालिकाको तथ्यांक अनुसार यस वडामा मात्रै १९६ घर पूर्णक्षति र ८५ घर आंशिक क्षतिमा सुचिकृत छन् ।
Powered by Blogger.