बस्तीपुर जेसीजमा बर्तौला पदस्थापित
हेटौँडा,१२माघ/बस्तीपुर जेसीज हाडीखोला बर्ष–सन् २०१६ को अध्यक्षमा निर्विरोध निर्वाचित भएका विनोद बर्तौला पदस्थापित भएका छन् ।
मङ्गलबार हेटौंडामा भएको पदस्थापना तथा पुरस्कार वितरण समारोहबाट बर्तौँला अध्यक्षमा पदस्थापित भएका हुन् । बर्तौला अध्यक्षमा पदस्थापित भएसंगै कार्यकारिणि उपाध्यक्षमा सुनिल अधिकारी र अर्जुन केसी तथा उपाध्यक्षमा रबि कंडेल शर्मा, प्रकाश थोकर, गणेश दर्पण अधिकारी र रमिला घलान पदस्थापित भएका छन् ।
सांसद् इन्द्र बानियाको प्रमुख आतिथ्यता एवम् बस्तीपुर जेसीजका अध्यक्ष प्रेमप्रसाद बोलखेको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमका प्रमुख अतिथि सांसद् बानियाले जेसीजले समाज परिवर्तनको क्षेत्रमा गरेको योगदान प्रशंसनीय भएको धारणा राखे भूकम्प र नाकाबन्दीजस्ता कष्टकर समयमा पनि जेसीजले समाजमा विविध रचनात्मक क्रियाकलाप गरेको भन्दै आगामी दिनमा पनि समाजमा आफ्नो तर्फबाट सक्दो रचनात्मक तथा प्रशंसनीय क्रियाकलाप गर्न आग्रह गरे ।
‘जेसीज केही गरौं“ भन्ने युवाहरुको समूह हो । जेसीजमा राजनीतिक स्वार्थभन्दा माथि उठेर अगाडि बढ्नुपर्छ । राजनीति दलभित्र गर्नुपर्छ । जेसीजमा होइन,’ बानिया“ले भने । पदस्थापन समारोहमा सन् २०१६ अध्यक्ष विनोद बर्तौलालाई पदस्थापित गराइएको थियो । सन् २०१५ अध्यक्ष प्रेमप्रसाद बोलखे तथा प्रमुख अतिथि सांसद् इन्द्रबहादुर बानिया“ले सन् २०१६ का अध्यक्ष बर्तौलालाई अध्यक्षको चेन हस्तान्तरण गर्दै एक वर्षे कार्यकालका लागि पदस्थापित गराएका थिए ।
पदस्थापित पश्चात् समारोहलाई सम्बोधन गर्दै अध्यक्ष बर्तौलाले आगामी दिनमा आफ्नो संस्थालाई चुस्तदुरुस्त बनाएर अगाडि बढाउने प्रतिबद्धता जनाए । उनले आफ्नो कार्यकालका लागि महासचिवमा प्रकाश अर्याल, सचिवमा सागर सापकोटा, कोषाध्यक्षमा भूपेन्द्र अधिकारी, जनसम्पर्कमा रविन ढकाल तथा कानुनी सल्लाहकारमा जयराम सुवेदीलाई मनोनित गरेका छन् ।
कार्यक्रम संयोजक रविन्द्र घिमिरेद्वारा समापन घोषणा गरिएको समारोहमा नेपाल जेसीजका उपाध्यक्ष अशोक कोइराला, पूर्वसभासद् प्रेमबहादुर पुलामी, संस्थापक अध्यक्ष गणेश भेटवाल, नेपाल जेसीजका पूर्वअध्यक्ष राजेशमोहन प्रधान, नेपाल रेडक्रस जिल्ला सभापति सूर्यचन्द्र न्यौपाने, बस्तीपुर जेसीज बर्ष २०१५ का कार्यकारिणी उपाध्यक्ष राममणि बर्तौला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
