Header Ads


हेटौंडा लेडी जेसीजको पदस्थापन

हेटौँडा/हेटौंडा लेडी जेसीजको सन् २०१६ का लागि निर्वाचित अध्यक्षमा शोभा खरेलसहितका पदाधिकारीले शुक्रबारबाट पदभार ग्रहण गरेका छन् । 
जेसीजको १८ औ“ साधारणसभामा निर्विरोध अध्यक्षमा चयन भएका खरेल नेतृत्वको पदाधिकारीले पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रमबाट पदभार ग्रहण गरेका हुन् । खरेललाई सन् २०१५ का अध्यक्ष राधिका श्रेष्ठले पदास्थापित गराएकी हुन् । उनलाई श्रेष्ठले आफ्नो चेन हस्तान्तरण गरेर पदास्थापित गराएकी हुन् । श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा मध्यक्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) देबेन्द्र सुवेदीको प्रमुख आतिथ्यता थियो । 
समारोहमा नायब महानिरीक्षक सुवेदीले जेसीज शिक्षित युवाहरुको समूह भएको भन्दै देश निर्माणमा युवाहरुले आआफ्नो क्षेत्रबाट योगदान दिनुपर्ने बताए । 
समारोहमा चौधरी ग्रुपका पारस शाक्य, नेपाल जेसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष अशोक कोइराला, नेपाल जेसीज पूर्वअध्यक्ष राजेशमोहन प्रधान, नेपाल जेसीज कानुनी सल्लाहकार मनसा थैब, हेटौंडा जेसीज अध्यक्ष धर्मराज बानिया“, लेडी जेसीज संस्थापक अध्यक्ष नीरा गोर्खालीलगायतले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत सुदेवकुमार पोखरेल, उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्याल, राप्रपा नेपाल मकवानपुरका अध्यक्ष नवराज विष्टसहित जेसीज विभिन्न शाखाका अध्यक्षलगायतका प्रतिनिधीहरुको आतिथ्यता रहेको थियो । लेडी जेसीजको १६ औं बार्षिक साधारणभाले २०१६ का लागि कार्यकारिणी उपाध्यक्षमा सोफिया फागो र गमला बोहरा तथा उपाध्यक्षमा सपना क“डेल, एलिसा लामा, सुष्मा लटौला र अस्मिता श्रेष्ठलाई निर्वाचित गरेको थियो । 
कार्यक्रममा लेडी जेसीजका बर्ष–२०१५ का अध्यक्ष राधिका श्रेष्ठले सहयोगी संघसंस्था, व्यक्ति तथा सञ्चारकर्मीलाई धन्यवादसहित मायाको चिनो प्रदान गरेकी थिइन् ।
Powered by Blogger.