‘रंगेली घटनामा सरकार दोषी’
हेटौँडा,९माघ/संघीय समाजवादी फोरम नेपाल मकवानपुरले मोरङको रंगेलीमा विहीबार शान्तिपूर्ण रुपमा गरिएको प्रदर्शनमाथि प्रहरी प्रशासनले दमन गरेको आरोप लगाएको छ ।
फोरम मकवानपुरले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सरकारबीच वार्ता चलिरहेकै अवस्थामा यस किसिमको घटना र दमनको जिम्मेवार राज्य पक्षले लिनुपर्ने दाबी गरेको हो ।
शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गरी पटक÷पटकको आग्रह र मोर्चाको विरोधका बाबजुद उत्तेजक प्रचारबाजी र संवेदनशील स्थानमा कार्यक्रम आयोजना गर्नुले सरकार नै जारी आन्दोलनलाई साम्प्रदायिकता र अराजकतातर्फ धकेल्न उद्धत रहेको बताएको हो । फोरम जिल्ला अध्यक्ष शुभरत्न गोले तामाङले आन्दोलनलाई कमजोर पारी पा“च महिनादेखि आन्दोलनरत् मधेसी, आदिवासी, जनजाति र थारुलगायत उत्पीडित समुदायलाई अधिकार नदिने खेलमा सरकार लागेको रंगेली घटनाले स्पष्ट पारेको बताए ।
उनले देशमा विद्यमान समस्याको हल गर्दै मुलुकलाई निकासको बाटोतर्फ डो¥याउने हो भने आन्दोलनरत् पक्षसँग अबिलम्ब सार्थक वार्ता गरी मागहरु तत्काल सम्बोधन गर्नतिर सरकार जिम्मेवार हुन आग्रह गरे । विहीबार प्रहरीको गोली लागी द्रोपदीदेवी चौधरी, महादेव ऋषिदेव र शिवु माझीको मृत्यु भएको थियो ।
मुन्ना मण्डल, सत्यनारायण शाह, रमानन्द यादब र विक्रम सहनीलगायत ३७ जनाभन्दा बढी आन्दोलनकारी घाइते भएका थिए ।
