‘आमसञ्चार प्रतिष्ठानबाट भट्टराईको नाम हटाउनु संकुचित चिन्तन’
हेटौँडा/वर्तमान केपी ओली नेतृत्वको सरकारले नेपाल पत्रकार महासंघका संस्थापक सभापति स्व. कृष्णप्रसाद भट्टराईको नाममा स्थापना गरेको आमसञ्चार प्रशिक्षण राष्ट्रिय प्रतिष्ठानबाट भट्टराईको नाम हटाउन लागेको प्रति प्रेस युनियन मकवानपुरले आपत्ति जनाएको छ ।
पत्रकार महासंघका संस्थापक सभापति एवम सन्त नेता पूर्वप्रधानमन्त्रीको नाममा स्थापना गरिएको प्रतिष्ठानले पूर्णता नपाउ“दै ओली नेतृत्वको सरकारको पक्षपातपूर्ण राजनीतिक व्यवहारले सञ्चार क्षेत्रमा ठूलो निराशा उत्पन्न हुने निश्चित भएको उल्लेख गरिएको छ । ‘नेपालकै निष्कलंक र सन्त नेताको नामप्रति पूर्वाग्रह राख्दै प्रतिष्ठानबाट उहाँको नाम हटाउनु वर्तमान सरकारको संकुचित चिन्तनको उपज भएको हाम्रो ठहर छ’, युनियन मकवानपुरका सचिव कुमार अधिकारी ‘पोष्टराज’ द्धारा हस्ताक्षरित विज्ञपितमा भनिएको छ । मुलुकका आमसञ्चारकर्मीको ठूलो आशा र उत्साहका रुपमा आउन लागेको आमसञ्चार प्रतिष्ठान गठनले पूर्णता नपाउँदै सञ्चार क्षेत्रमा ठूलो निराशा उत्पन्न हुने किसिमको हर्कत ओली नेतृत्वको सरकारले गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘सरकारको यस किसिमको हर्कतले प्रतिष्ठान गठनको उद्देश्यमा समेत प्रश्न चिन्ह उठ्ने निश्चित छ । यसअघिको सरकारले मन्त्रीस्तरीय निर्णयबाट महासंघका संस्थापक सभापति भट्टराईको नाममा प्रतिष्ठान स्थापना गर्नेगरी भएको निर्णयलाई वर्तमान सरकारले हटाउने हेटौँडा÷वर्तमान केपी ओली नेतृत्वको सरकारले नेपाल पत्रकार महासंघका संस्थापक सभापति स्व. कृष्णप्रसाद
भट्टराईको नाममा स्थापना गरेको आमसञ्चार प्रशिक्षण राष्ट्रिय प्रतिष्ठानबाट भट्टराईको नाम हटाउन लागेको प्रति प्रेस युनियन मकवानपुरले आपत्ति जनाएको छ ।
पत्रकार महासंघका संस्थापक सभापति एवम सन्त नेता पूर्वप्रधानमन्त्रीको नाममा स्थापना गरिएको प्रतिष्ठानले पूर्णता नपाउ“दै ओली नेतृत्वको सरकारको पक्षपातपूर्ण राजनीतिक व्यवहारले सञ्चार क्षेत्रमा ठूलो निराशा उत्पन्न हुने निश्चित भएको उल्लेख गरिएको छ । ‘नेपालकै निष्कलंक र सन्त नेताको नामप्रति पूर्वाग्रह राख्दै प्रतिष्ठानबाट उहाँको नाम हटाउनु वर्तमान सरकारको संकुचित चिन्तनको उपज भएको हाम्रो ठहर छ’, युनियन मकवानपुरका सचिव कुमार अधिकारी ‘पोष्टराज’ द्धारा हस्ताक्षरित विज्ञपितमा भनिएको छ । मुलुकका आमसञ्चारकर्मीको ठूलो आशा र उत्साहका रुपमा आउन लागेको आमसञ्चार प्रतिष्ठान गठनले पूर्णता नपाउँदै सञ्चार क्षेत्रमा ठूलो निराशा उत्पन्न हुने किसिमको हर्कत ओली नेतृत्वको सरकारले गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘सरकारको यस किसिमको हर्कतले प्रतिष्ठान गठनको उद्देश्यमा समेत प्रश्न चिन्ह उठ्ने निश्चित छ । यसअघिको सरकारले मन्त्रीस्तरीय निर्णयबाट महासंघका संस्थापक सभापति भट्टराईको नाममा प्रतिष्ठान स्थापना गर्नेगरी भएको निर्णयलाई वर्तमान सरकारले हटाउने कुत्सित मनसायले सुरु गरिएको तयारीप्रति हामी घोर भत्र्सना गर्दछौ’, विज्ञप्तिमा भनिएको छ । पूर्व प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले बजेट मार्फत सार्वजनिक गरेको कार्यक्रम व्यवस्थापिका–संसदबाट समेत पारित भएको अवस्थामा वर्तमान सरकारले त्यसलाई गैरकानुनी रुपमा मन्त्रीस्तरीय निर्णयबाट संशोधन गर्नु कानून विपरित रहेको युनियनले ठहर गरेको छ । पत्रकार महासंघले समेत स्व. भट्टराईलाई आफ्नो पहिलो सभापतिको रूपमा सम्मान गरिरहेको अवस्थामा बर्तमान सरकारले प्रतिष्ठानको नाम संशोधन गरी भट्टराईप्रति अपमान गर्दै सिंगो पत्रकार महासंघकै इतिहास मेटाउने प्रयास गरेको तर्क गर्दै सरकारको यो निर्णय तत्काल सच्याउन आग्रह गरिएको छ ।