Header Ads


राष्ट्रपनि रनिङ शिल्डको क्षत्रीय छनौट सुरु

हेटौँडा,८माघ/यस बर्षको अन्तर विद्यालय स्तरीय छैठौ राष्ट्रपति रनिङशिल्ड खेलकुदको छनौट प्रतियोगिता सुरु भएको छ । 
बिहीबार १ नम्बर क्षेत्रको छनौटको उद्घाटन सांसद इन्द्रवहादुर बानिया“ले गरेका हुन् । जुरेली खेलमैदानमा छनौट प्रतियोगिताको उद्घाटन गर्दै सांसद बानिया“ले खेलमैदानलाई जिल्लाकै नमूना वनाउने प्रयासमा आफ्नो पूर्ण सहयोग रहने प्रतिवद्धता जनाए । बिहीबार भएको छनौटमा वुद्ध उमावि, जनक मावि र महेन्द्र उमावि प्रतिस्पर्धामा रहेका छन । १५ सय मिटर दौडमाको छात्रा तर्फ प्रतिमा दाहाल (वुद्ध उमावि), सम्झना गौतम (जनक मावि) र मनिका फुया“ल (महेन्द्र उमावि) छनौट भए । 
यस्तै १५ सयमै छात्र तर्फ अमृत गुरुङ (वुद्ध उमावि), दुर्गराज भोलन (सूर्य मावि राईगाउ“) र साजन भोलन (जनक मावि) छनौट भए । त्यसैगरी आठसय मिटरमा सन्तराम राई (जनक मावि), संदिप गुरुङ र सुकराम थिङ (वुद्ध उमावि) छनौट भएका छन भने छात्रा तर्फ सविना गौतम (जनक मावि), सितल श्रेष्ठ (बालवोध मावि) र ननिता फुयाल (महेन्द्र उमावि) छनौट भएका खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन दाहाल खुशराजले जानकारी दिए । 
यस्तै सटपुटमा सूर्य माविका धर्मराज राई, ज्योती उमाविका सुरेश श्रेष्ठ र प्रभात माविका अरुण माझी छनौट हु“दा छात्रा तर्फ वुद्धकी सञ्जु लो, महेन्द्रकी सर्मिला श्रेष्ठ र वुद्धकी कविना सिन्तान छनौट भए । 
यस्तै हाईजम्पमा सूर्य माविका पत्रुस राई र धर्मराज राई छनौट भएका छन भने छात्रा तर्फ वुद्धकी कल्पना राई, बालवोधकी आरती सुवेदी र महेन्द्रकी सुनिता वाईवा छानिएका छन । यसैगरी लंगजम्प तर्फ वागमती मावि राईगाउ“का असिम राई, जनकका सन्तराम माझी र वुद्धका विक्रम भोलन तथा छात्रा तर्फ बालवोधकी रीता मानन्धर, महेन्द्रकी निर्मला पुडासैनी र जनकी सम्झना गौतम छानिए । 
यस्तै ज्याभलिङ थ्रोमा जनकका सन्तराम माझी, वुद्धका विष्णुबहादुर भोलन र बागमती माविका असिम राई तथा छात्रा तर्फ बुद्ध उमाविका कविना सिन्तान, महेन्द्र उमाविका विनिता राई र संगिता सुवेदी छनौट भए । छनौटमा १ नं क्षेत्रका १५ वटा माविले सहभागिता जनाएका छन । प्रतियोगितामा छात्रछात्रा गरी भलिवलमा १४  र  कबड्डीमा १३ टिमले भाग लिएका छन । एथ्टलेटिक्सका ट्याक र फिल्ड गरी १२ वटा ईभेन्टमा खेलाडीहरु छनौट हुने मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष माधव तिमल्सिनाले जानकारी दिए ।
Powered by Blogger.